MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

इजरायलः सेनाको समूहमा लरी आक्रमण, चार जनाको मृत्यु

पुस २५ – इजरायलको जेरुसेलममा भएको लरी आक्रमणमा परि चार जनाको ज्यान गएको छ । एक प्यालेस्टाइनी व्यक्तिले जेरुसेलममा इजरायली सेनाको एक समूहमा लरी चलाएको हो ।घटनामा ज्यान गुमाउने चारै जना इजरायली सैनिक हुन् । आक्रमण आतंककारी रहेको इजारायली प्रहरीको भनाई छ । ज्यान गुमाउनेमा तीन जना महिला र एक पुरुष छन् । घटनामा अन्य १७ जना घाइते भएका छन् ।

आक्रमणकारी व्यक्ति बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका समर्थक रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताउनुभयो । प्यालेस्टाइनको जोबेला मुकाबर जिल्लाबाट आएका २८ वर्षका फादी क्वुनबारले आक्रमण गरेका हुन् । यो आक्रमण आतंककारी रहेको र यस्ता आक्रमणबाट आफ्नो देश माथि उठ्ने प्रधानमन्त्री नेतन्याहुको भनाई छ । पूर्वी जेरुसेलम तथा वेष्ट ब्यांकमा रहेका अवैध इजरायली बस्तीको विषयलाई लिएर इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि तनाव हुँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया