MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

इरानको पूर्व राष्ट्रपति अलि अकबरको निधन

पुस २५ – इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो ।

हृदयघात भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उहाँलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उहाँ राष्ट्रपतिमा रहनु भयो भने सन् २००५ को चुनावमा हार व्यहोर्नुभयो । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा  गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया