MENU

अर्थ

Ncell Axiata
USAID

पहिलो पटक नेपाली ग्यास बुलेट भित्रियो

काठमाडौं, पुस २५ – खाना पकाउने एलपी ग्यास ढुवानीका लागि पहिलो पटक नेपाली ग्यास बुुलेट भित्रिएका छन् । लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुईवटा बुलेट आइतबार बेलुका नेपाल भित्रिएका हुन् ।

नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएपछि निजी उद्योगीले आफ्नै लगानीमा बुलेट ल्याएका हुन् । भारतमा केही बुलेट निर्माणको क्रममा रहेको र केही बनाईसकेकाले अब क्रमशः नेपाल ल्याइने आपूर्ति मन्त्रालयका सहसचिव सूर्य श्रेष्ठले बताउनुभयो ।

नेपाली बुलेटले ग्यास ढुवानी गर्न थालेपछि ग्यास ढुवानीमा भारतीय उद्योगीको एकाधिकार अन्त्य हुनेछ । यसअघि मासिक सरदर ४ सय ५० वटा भारतीय बुलेट मार्फत ग्यास आयात हुदै आएको थियो ।

एक बुलेटले एक पटकमा १८ सय टन ग्यास ढुवानी गर्न सक्छ । एउटा बुलेटले महिनामा तीन पटक सम्म ग्यास ढुवानी गर्न सकिने नेपाल आयल निगमले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया