MENU

अर्थ

Ncell Axiata
USAID

भारु नोट सटहीबारे छलफल गर्न नेपाली टोली भारत जाने

काठमाडौं, पुस २५ – प्रतिबन्धित हजार र पाँच सयको भारतीय नोट सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ ।

भारतले बोलाएपछि डेपुटी गभर्नर सँगै विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित भारतमा जान लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो ।

भारत जाने मिति एकिन नभए पनि भारतले बोलाएपछि अब नेपालमा रहेका भारतीय नोटको सटहीको ढोका खुलेको प्रवक्ता पौडेलले बताउनुभयो ।

गएको नोभेम्बर ८ मा हजार र पाँच सयको भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपालमा रहेका नोटबारे अन्यौल बढेको थियो ।

भारतीयहरुलाई भने प्रतिबन्धित नोट साट्ने समय डिसेम्बर ३० सम्मका लागि दिइएको थियो । नेपालमा एक जनाले २५ हजार रुपैयाँसम्म भारतीय नोट राख्न पाउने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया