MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

लोकमान हटाउने अभियानका आँटिला वकिलको अनुभव

ओमप्रकाश अर्याल (अधिवक्ता)–

सर्वोच्च अदालतबाट आदेश आउनेबित्तिकै मलाई बधाईको ओइरो लाग्यो । म त्यतिधेरै ‘एक्साइटेड’ चाहिँ भएको छैन । समाजमा के हुँदो रहेछ भने कसैलाई दानवीकरण गर्ने, अनि कसैलाई चाहिँ देवत्वकरण गर्ने । यी दुई बिचको धार चाहिँ हुँदोरहेनछ । मान्छेलाई मानवीयकरण गर्नुपर्ने हो वास्तवमा । लोकमानसँग लड्नलाई देवत्वकरण गर्ने हुन् कि भन्ने डर भयो ।

दलका नेताहरु लोकमानविरुद्ध बोल्न डराएको बेला मैले आँट गरेको पक्कै हो । मलाई त्यतिबेला डर, जोखिम भन्ने कुरा त पटक्कै हुँदै भएन । केही साथीहरुले सुझाव, प्रतिक्रिया चाहिँ दिनुभएको हो ।

लोकमानसिंह कार्की अलि खतरनाक मान्छे हो भनेर चिनेजानेका साथीहरुले भन्नुहुन्थ्यो । कार्की विरुद्ध नलाग्नु भन्ने अप्रत्यक्ष धम्की जस्तै थियो भनौं न ।

तर मैले यस्ता कुरामा वास्ता गरिन । मात्र काम सुरु गरिसकेपछि मलाई नैतिक दबाब चाहिँ परिरह्यो । कसरी दबाब र प्रभावमा नपरीकन टुंगोमा पुर्याउने भन्ने भैरह्यो । जे होस् सुरुदेखि नै मलाई यो नैतिक परीक्षाको विषय चाहिँ भइरहेको थियो ।

फैसला आउनेबेला पनि अघिल्ला दिनहरुमा जस्तै सामान्य रुपमा थिएँ । फैसला कस्तो आउला भन्ने हुटहुटी थिएन । अनुहारमा त्यस्तो टेन्सन नै थिएन । मलाई देखेर साथीहरु चाहिँ अचम्ममा पर्नुभएको थियो । मलाई आशक्ति केही पनि थिएन ।

न्यायलयले निर्भिक र निश्पक्ष ढंगले फैसला गरोस्, जे फैसला गर्छ त्यसमा आधार, कारण र तर्कहरुले पुष्टी गरोस्, कुनै पक्षपात नहोस् भन्ने मैले सुरुदेखि नै अपेक्षा गरेको थिएँ । मैले साथीहरुलाई पनि आफ्नो अपेक्षा यति मात्र भएको भनेको थिएँ ।

फैसला पक्ष या विपक्ष जेमा आएपनि पढ्ने मान्छेले हो त नि यो यस्तै हो, ठीकै हो, चित्त बुझ्दो छ भनेर अनुभूति गर्न सकोस्, त्यति भए पुग्छ भन्ने थियो । मैले जित्नैपर्छ, मेरै पक्षमा परिणाम आउनुपर्छ भन्ने आशक्तिको हिसाबले चाहिँ मैले कहिल्यै पनि लिइन । त्यसकारणले पनि म ‘एक्साइटेड’ भइन ।

फैसला आइसकेपछि पनि मैले सामान्य रुपमा मात्र लिएँ । उहाँ (लोकमान) जानुभो, हट्नु भो भन्ने मात्रै मुखबाट निस्क्यो सुरुमा । मेरो दावी पुष्टी भयो भन्ने अनुभूति भयो । 

अब लोकमानले पुनरावलोकन गर्न सक्नुहुन्न । सर्वोच्चले पहिले गरेको निर्णय नै उल्टिएको हुनाले यही पुनरावलोकन हो । लोकमान अयोग्य ठहर भैसकेपछि उहाँलाई अख्तियारमा सिफारिस या नियुक्ति गर्नेहरुलाई के हुन्छ भन्ने प्रश्न उठेको छ । कानुनी हिसाबले त उहाँहरुलाई केही हुने देखिएन ।

तर सार्वजनिक रुपमा उहाँहरुलाई पनि हामीले जवाफदेही बनाउने स्थिति छ । किनकी पर्दा पछाडिका लोकमान उहाँहरु नै हो । आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न उहाँहरुले लोकमानलाई ल्याउनुभएको थियो ।

अहिले स्वार्थ नमिलेर मात्र उहाँहरुबिच द्वन्द्व भएको हो । आमनागरिकको दृष्टिले हेर्दा उहाँहरु पनि लोकमान प्रवृत्ति अन्तर्गतकै व्यक्तिहरु हो । यसकारण उहाँहरु पनि उत्तिकै दोषी हुनुहुन्छ । उहाँहरुलाई पनि निके खबरदारी गर्नुपर्ने अवस्था चाहिँ छ । 

उहाँहरुले अहिलेसम्म आत्मालोचना पनि गर्नुभएको छैन । उहाँहरुकै ठूल्ठूला कुरा छन् । उहाँहरु नै सत्ताको हालीमुहालीमा हुनुहुन्छ । लोकमान ल्याएपछि लोकमानतन्त्रको हावी भयो । लोकमानतन्त्रको नाइके लोकमान त जानुभयो, तर नेतातन्त्र चाहिँ बाँकी नै छ । उहाँहरु माफिया र स्वार्थ समूहकै निर्देशनमा चल्नुभएको छ भन्ने आमनागरिकको बुझाई छ ।

त्यसैले राजनीतिक शुद्धीकरणको अभियान यो सँगसँगै जानुपर्छ भन्ने लाग्छ । अहिले नागरिकमा जुन सचेतना आएको छ, यो यतिमै सीमित हुनु हुँदैन । अरु लोकमान प्रवृत्ति, अरु यसका मतियारहरु, सानातिना लोकमानहरु को हुन् भन्ने कुरा हामीले खोजी गर्नुपर्छ । यस्तो प्रवृत्ति भएका मान्छे हरेक गाउँ गाउँमा छन् । वस्ती वस्तीमा छन् ।

हरेक निकायमा छन् । र असल पहलकदमी लिने मान्छेहरुलाई त्यस्तो प्रवृत्तिले घेराबन्दीमा पारेको छ । नाकाबन्दी नै लगाएको स्थिति छ । यसप्रति नागरिक त धेरै सचेत छन् । व्यक्तिगत रुपमा सबै सचेत भएको पक्कै हो । खाली यसलाई जोड्ने संयन्त्र चाहिएको छ । हामीबिच एकता गराउने सूत्र र संयन्त्रको खाँचो छ ।

जोडिने अर्थात एकता हुने माध्यम खोज्न सक्यौं भने हामी अझै सफल हुन्छौं जस्तो लाग्छ । म त सहजकर्ताको रुपमा भूमिका खेल्छु नै । फेरि पनि यस्तै जोखिम लिनुपर्दा म तयार छु । एक्लैले हुने होइन । फेरि यस्तै अभियान आउँदा म पक्कै अघि बढ्ने नै छु ।

(अधिवक्ता ओमप्रकाश अर्यालसँग मिलन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

    पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् ।

  • सम्झनाका तरेलीहरु

    इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं |

  • आफ्नै ठाउँ बिरानो हुँदा

    म कामका लागि विदेश कहिल्यै जान्न । मेरो सीप, लगनशिलता र मेहनत मेरै देश, मेरै ठाउँलाई दिन्छु । मैले धेरै पढ्नुछ । पढेर नेपालमै कुनै एउटा क्षेत्रमा नाम उज्वल बनाउनु छ । मेरो मिसन आफ्नै देशमा मेरो फरक पहिचान बनाउनु हो ।

  • खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ?

    केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका वकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

  • रक्सीमा लठ्ठीएर ड्युटीमा ट्राफिक, कारबाही कसलाई ?

    सिंहदरबारको पश्चिम गेट अगाडि । बिहान १० बजे । अफिस समय भएकाले सडकमा गाडीको चाप धेरै नै थियो । भद्रकालीतर्फबाट सिंहदबारतर्फ जाँदै गरेको एउटा स्कुटरले लेन मिच्यो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया