MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

ट्रम्पलाई ओबामाको सुझाव–ह्वाइट हाउस ‘पारिवारिक व्यवसाय होइन’

पुस २५ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसलाई ‘पारिवारिक व्यवासाय’ जसरी सञ्चालन नर्गन सुझाव दिनुभएको छ ।

अमेरिकी टेलिभिजन एबिसी न्युजसँगको अन्तर्वाताको क्रममा राष्ट्रपति ओबामाले ट्रम्पले अमेरिकी सम्मानित संस्था ह्वाइट हाउसको सम्मान गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘डोनाल्ड ट्रम्प तपाईंले सपथ लिएपछि विश्वकै ठूलो संस्थाको प्रमुख बन्नु हुनेछ, त्यसको सम्मान गर्नुहोला ।’ राष्ट्रपति ओबामाले चुनावी अभियान चलाउनु र शासन गर्नुमा धेरै अन्तर रहेको बताउनुभयो ।

ट्रम्पले चुनावी अभियानका बेला बोलेका कुरालाई गम्भीर रुपमा लिएका विश्वभर धेरै रहेको र त्यसलाई पूरा गर्नु चुनौती रहेको ओबामाको भनाई छ ।

राष्ट्रपतीय चुनावमा भएको रुसी ह्याकिङका विषयमा ट्रम्पको भनाई गैरजिम्मेवार रहेको ओबामाले बताउनुभयो । ट्रम्पले यस्तो आक्रमणको प्रभावलाई कम आंकलन गरेको बताउनुभयो । गएको नोभेम्बरमा भएको चुनावमा विजयी हुनुभएका ट्रम्पले जनवरी २० देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया