MENU

राजनीति

Ncell Axiata

सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो : प्रधानमन्त्री

चितवन, पुस २५ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसदमा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओली र आफ्नो बिचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो भन्नुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो – ‘उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो’ उहाँले थप्नुभयो – ‘हामीले एग्री टु डिसएग्री ग¥यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।’ 

बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उहाँले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताउनुभयो । 
प्रधानमन्त्री दाहालले भन्नुभयो – ‘हामीबिचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।’

एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उहाँले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताउनुभयो । 

अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उहाँले बताउनुभयो । गृहमन्त्री अर्को कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भन्नुभएको पनि उहाँले बताउनुभयो । 

दलहरुका बिचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि उहाँले बताउनुभयो । हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताउनुभयो । 

अर्को फरक प्रश्नमा प्रधानमन्त्री दाहालले पहिले झैँ बिचैमा आफूले नछाड्ने बताउनुभयो । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको भन्दै उहाँले भन्नुभयो ‘महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।’ 

आफू रिबन काट्नमात्रै नहिँडेको बताउँदै उहाँले भन्नुभयो  ‘मेलम्चीबाट सुरु गरेको यात्रा हिल्सा र किमाथान्कादेखि देशका चारवटै कुनामा पुगेको छु । दोधारा चाँदनीको सुख्खा बन्दरगाहादेखि झापाको धानको सुपरजोन बनियानी हुँदै थाप्लेजुङको पाथीभरासम्म गएको छु ।’ 

उहाँ सोमबारबाट यहाँ सुरु भएको चितवन महोत्सवलगायतका कार्यक्रममा सहभागी हुन आउनुभएको हो । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नुवाकोटमा ५७ जनाको उम्मेदवारी

    नवदीप अजनबी/उज्यालो । नुवाकोट, कात्तिक ५ - मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि नुवाकोटमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता गरेका छन् ।

  • म्याग्दीमा लोकतान्त्रिक र बाम गठबन्धन दलद्वारा उम्मेदवारी दर्ता

    प्रताप बानियाँ/उज्यालो । म्याग्दी, कात्तिक ५ –म्याग्दीमा लोकतान्त्रिक र वाम गठबन्धन दलद्वारा उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा चुनावमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा र बाम गठबन्धनबाट नेकपा एमालेका भूपेन्द्र थापाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

  • कहाँ कसले गरे मनोनयन दर्ता ?

    प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको हो ।

  • प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा छलफल गर्न आयोगद्वारा समिति गठन

    काठमाडौं, कात्तिक ५ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा छलफल गर्न समिति गठन गरेको छ ।

  • दार्चुलामा उम्मेदवार को को ?

    दार्चुला, कात्तिक ५ – दार्चुलामा वाम गठबन्धन र नेपाली कांग्रेसले जुलुससहित उम्मेदवार मनोनयन गराएका हुन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं निर्वतमान सांसद गणेशसिंह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया