MENU

राजनीति

USAID

केही दिनभित्रै निकास निस्कन्छ : अध्यक्ष ओली

विराटनगर, पुस २५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देखिएको राजनीतिक समस्याको केही दिनभित्रै निकास निस्कने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले सबैले बुझ्ने गरी देशले निकास पाएको खबर केही दिनमै आउने दाबी गर्नुभयो । 

दुई चार दिनमै संसदको प्रक्रियाअनुसार  काम हुने र निर्वाचनतर्फ देश जाने उहाँले बताउनुभयो । उहाँले संविधान संशोधन प्रक्रिया समेत संसदबाटनै विफल हुने बताउनुभयो ।

विरोधका बिच आएको संविधान संशोधन प्रस्ताव भने पारित नहुने ओलीले दाबी गर्नुभयो । सरकारले अदालतको आदेश मान्दै प्रस्ताव फिर्ता लिनुको साटो दर्ता गरेर अदालतको भाषा नबुझेको आरोप लगाउनुभयो । 
संशोधन प्रस्ताव पारित नभए निर्वाचन हुन पनि नसक्ने र सहभागी पनि नहुने भन्ने मधेसी दलको भनाईमा उहाँले गैर कानूनी र असंवैधानिक तर्क गरेकोले त्यस्तालाई सरकारले तह लगाउनु पर्ने बताउन भयो  ।

त्यस्तै ओलीले आ–आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र राष्ट्र सम्झेर सत्तापक्षले अघि बढ्ने हो भने पुनः देश सहमतिको बाटोमा अघि बढ्ने बताउनुभयो । अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिलाई अदालतले बदर गरेपछि उनले गरेका निर्णय र सेवा सुविधाको विषयमा के गर्ने भन्ने विषय दलहरुबिच आपसी छलफल गरेर टुंगो लगाउन पनि उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया