MENU

मनोरञ्जन

USAID

नेपालीमा कमजोर छन् ‘दर्पण छायाँ २’ नायिका

काठमाडौं, पुस २५ – झण्डै डेढ दशक पहिले बनेको चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल अहिले चर्चामा छ । ‘दर्पण छायाँ’ नै थियो सिंगल थियटरमा एक सय दिन मनाउने पहिलो नेपाली चलचित्र । डेढ दशकपछि त्यही चलचित्रका निर्देशक तुलसी घिमिरेकै निर्देशनमा ‘दर्पण छायाँ २’ निर्माण भएको छ । चलचित्रको रिलिज मिति नजिँकै गर्दा चलचित्र निर्माण टिम अहिले प्रचार प्रसारमा लागेको छ । दर्पण छायाँमा मुख्य नायिकाको भूमिकामा निरुता सिंह थिइन् भने नायकको भूमिकामा दिलिप रायमाझी थिए ।  सिक्वेलमा भने सबै नयाँ अनुहारहरुलाई देख्न पाइनेछ ।  नयाँ अनुहार मध्ये चलचित्रकी मुख्य नायिका साहारा कार्की चलचित्र रिलिज पूर्वनै चर्चामा छिन् । १२ बर्षदेखि अमेरिकामा बस्दै आएकी उनी आफ्नो सुन्दरताका कारण सबैको ध्यान तान्न सफल छिन् ।

साहारालाई सानैदेखि अमेरिकामा बसेर होला आफ्नो नेपाली भाषानै राम्रोसँग उच्चारण गर्न आउँदैन  । चलचित्र प्रमोशनकै क्रममा उनले  आफूलाई नेपाली भाषा बोल्नका लागि सारै गाह्रो हुने बताएकी छिन् । नेपाली बोल्न गाह्रो लाग्ने त्यसमा पनि चलचित्रमा त झनै सही र शुद्ध उच्चारण गर्नुपर्ने हुँदा साहारालाई आफ्नो भाषा आफैलाई चुनौतिपूर्ण भएको बुझिन्छ ।

नेपाली समाजलाई चलचित्रमार्फत केही नयाँ कुरा सिकाउने नायिकालाई नै मातृभाषा उच्चारणमा समस्या हुँदा दर्शकले के सिक्ने भन्ने कुरा पनि अगाडि आउँछ । त्यो सबै कुराको बारेमा जानकारी भने चलचित्र रिलिज भएपछि हुनेछ । साथै उनले चलचित्र यात्राको सुरुवातमै तुलसी घिमिरे जस्ता सफल निर्देशकको साथ पाएकी छिन् । 

तुलसी घिमिरेसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै साहाराले निकट भविष्यमा आफू चलचित्र नायिका होइन कलाकार भएर काम गर्ने सोच बनाएकी छिन् । उनले अबको समयमा जस्तो पनि चलचित्रमा काम गर्न तयार रहने बताएकी छिन् ।

‘दर्पण छायाँ २’ फागुन २७ गते रिलिज हुँदैछ । तुलसी घिमिरेको निर्देशनमा बनेको यो सिनेमालाई साबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।

दुईपटक शुट भयो क्लाईमेक्स

जय गिरीले सिनेमामा क्लाईमेक्सको १५ मिनेटको दृश्यलाई भिएफएक्सबाटै आकर्षक बनाउने जिम्मा लिएका थिए । तर भिएफएक्सबाट सोचेजस्तो क्लाईमेक्स नभएपछि निर्देशक तुलसी घिमिरले क्लाईमेक्स फेरि खिच्ने योजना बनाए र कलाकारलाई लिएर दार्जिलिङको  सभा हलमा पुगे । 

दार्जिलिङको सभा हलमा क्लाइमेक्समा भएको नृत्य खिचियो । क्लाईमेक्स फेरि खिचेपछि निर्देशक तुलसी घिमिरे निकै खुसी भएका छन् । सिनेमाको क्लाईमेक्समा भएको नृत्यलाई मिङमा दोर्जी लेप्चाले  कोरियोग्राफ गरेका छन् ।

उज्यालो र forseenetwork काे सहकार्य ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​१६ वर्षअघि १० करोड कमाएको सिनेमाको सिक्वेल बन्ने तयारी

    काठमाडौं, माघ ६ – आज भन्दा १६ वर्ष पहिलेको सिनेमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ ले झण्डै १० करोड रुपैयाँको ब्यापार गरेको थियो ।

  • टेरियालाई जिताउन अभियान, भोटिङ कसरी गर्ने ?

    भारतीय टेलिभिजन कलर्सको चर्चित रियालिटी सो ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी रुपन्देही रुद्रपुरकी टेरीया फौजा मगरलाई जिताउन रुपन्देहीमा अभियान जारी रहेको अभियन्ताले बताएका छन् ।

  • घर भित्रै थुनिएका छन् अनमोल, कारण के होला ?

    काठमाडौं, माघ ६ – सानै उमेरमा स्टार बनेका अभिनेता अनमोल केसी पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसो त अनमोल जुन पायो त्यही र जहाँ पायो त्यहीँ भएका कार्यक्रमहरुमा पहिले पनि जाँदैनथे । तर अहिले भने उनी देखिन ठप्पै भएको छ ।

  • निश्चल बस्नेतका तुहिएका सपनाहरु

    काठमाडौं, माघ ६ – निश्चल बस्नेत अहिले नेपाली सिनेमा उद्योगमा चर्चित निर्देशक हुन् । लुट, कबड्डी, टलकजंग भर्सेस टुल्के जस्ता सिनेमा बनाएका उनलाई नेपालमा फरक धारको सिनेमा बनाउने श्रेय जान्छ ।

  • दीपकराज गिरीको समर्थनमा सेलिब्रेटी, कसले के भने ?

    काठमाडौं, माघ ५ – सबैभन्दा पहिले दीपकराज गिरीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिने कलाकार हुन् किरण केसी । उनले दीपकराज गिरीमाथि कृष्णलाई ज्यान मार्ने धम्की दिएको आरोप गलत भएको बताएका थिए ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया