MENU

राजनीति

USAID

अबदेखि ​संसदमा प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने

काठमाडौं, पुस २५ – सांसदहरुले अबदेखि संसद बैठकमा नै प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् । संसदको सोमबार बसेको बैठकले प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ अनुमोदन गरेसँगै सांसदहरुले प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न पाउने भएका हुन् ।

यो कार्यविधिलाई तत्कालै कार्यान्वयनमा लैजाने प्रतिवद्धता सभामुख ओनसरी घर्ती मगरले गर्नुभएको छ । कार्यविधि अनुसार महिनामा एक पल्ट प्रधानमन्त्रीसँग र महिनाको दुई पल्ट मन्त्रीहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था मिलाउनु पर्ने छ । सांसदहरुले मन्त्रालयसँग सम्बन्धित जरुरी र महत्वपूर्ण विषयमा मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सक्नेछन् । 

यसअघि शुन्य समय तथा विशेष समयमा सांसदहरुले विभिन्न विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने र ती विषयमा सभामुखले आग्रह गरेपछि मात्र सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने व्यवस्था थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • थप विद्युत उपलब्ध गराइदिन आग्रह

    काठमाडौं, चैत ११ – भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाललाई थप विद्युत उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

  • शुक्रबारका मुख्य खबर के के ? पढ्नुहोस् एकै ठाउँमा

    काठमाडौं, चैत ११ - वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चहलपहल बढ्दैछ । निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ भने गाउँठाउँमा चुनावकै बहस केन्द्रित हुन थालेको छ । शुक्रबार पनि चुनावकै खबरले प्राथमिकता पाएको छ । चुनावसँग सम्बन्धित सहित अरु खबर पढ्नुहोस् ।

  • दलको चुनाव चिन्ह लिएर चुनावमा जान नपाएकालाई स्वतन्त्र उम्मेदवारी दिन आयोगको आग्रह

    काठमाडौं, चैत ११ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलको चुनाव चिन्ह लिएर चुनाव लड्न नपाएकाहरुलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गर्नुभएको छ ।

  • दुई विधेयक प्रमाणीकरण

    काठमाडौं, चैत ११ – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई शुक्रबार प्रमाणीकरण गर्नुभएको छ ।

  • मतदाता शिक्षामा ७५ करोड खर्च हुने

    वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा ‘मतदता शिक्षा कार्यक्रम’ सञ्चालन गर्न ७५ करोड खर्च हुने भएको छ । मतदाता शिक्षाका लागि चाहिने सामग्रीदेखि जनशक्ति परिचनालन गर्न आयोगले ७५ करोड खर्च गर्ने तयारी गरेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया