MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

पेरुमा १० वर्षमा आधा गरिबी घट्यो

पुस २५ – ल्याटिन अमेरिकी देश पेरुले एक दशकमा देशको गरिबी ५० प्रतिशतले घटाएको छ । पछिल्लो दशकमा पेरुले आर्थिक उन्नतिको नजिर प्रस्तुत गर्दै झण्डै ५० प्रतिशत नागरिकको जीवनस्तरमा सुधार ल्याएको बिबिसीले जनाएको छ । 

त्यहाँ पछिल्लो पाँच वर्षमा ७० लाख जनाको गरिबी घटेको छ । पेरुका राष्ट्रपति पेडरो पैबलो क्युचिन्स्कीले एक दशक अघि र अहिलेको पेरुमा निकै परिवर्तन आएको दाबी गर्नुभयो । त्यतिबेला ट्रक चलाउने मजदूर अहिले प्रमुख उद्योगपतिको रुपमा स्थापित भएका उहाँले जानकारी दिनुभयो । 

सन् १९९० को दशकमा पेरुले विश्व बैंकको ढाचा अनुसार उदार अर्थव्यवस्था अपनाएपछि उसले आर्थिक उन्नति गर्न सफल भएको हो । नयाँ बजारका लागि खुला गरेपछि पेरुमा रहेको खनिज पदार्थको निर्यात उच्चदरमा हुनुका साथै विदेशी लगानी पनि बढेको छ । 

सन् १९९० को दशकमा पेरुको निर्यात ३ हजार करोड डलरको हाराहारीमा रहेकोमा अहिले ९ गुणाले बढेर ३६ हजार करोड डलरको हाराहारीमा पुगेको छ । पेरुको प्रगतिमा सरकारको नीति मात्र नभएर नागरिकको सहभागिता र जागरुकताले पनि महत्वपूर्ण भूमिका खेलेको छ । 

सरकारले विकासमा लगानी गर्नुपर्ने भन्दै नागरिकले सरकारी कार्यालयमा दबाब प्रदर्शन गर्ने  साथै विद्यालय, खेल मैदानजस्ता आवश्यकता समुदायस्तरबाट पूरा गर्ने गरेकाले यति छिट्टै विकासको उकालो चढ्न सकेको त्यहाँका नागरिकले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया