MENU

राजनीति

Ncell Axiata
USAID

​गणपुरक संख्या नपुगेपछि संसद बैठक आधाघन्टाका लागि स्थगित

काठमाडौं, पुस २५ – गणपुरक संख्या नपुगेपछि संसद बैठक आधाघन्टाका लागि स्थगित भएको छ । गणपुरक संख्या नपुगेका कारण स्थानीय तह निर्वाचन विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुन सकेको छैन । 

बैठकमा गणपुरक संख्या नभएको भन्दै सांसदहरुले नियमापत्ती गरेपछि सभामुख ओनसरी घर्ती मगरले बैठकमा उपस्थित सांसदको गाणना गर्न लगाउनुभएको थियो ।

गणना गर्दा बैठकमा एक सय ४९ सांसद उपस्थित हुनु पर्नेमा एक सय १६ जनामात्र उपस्थित भएको भन्दै सभामुखले बैठक आधाघन्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो । तर हाजिर भने चार सय चार जनाकाे थियाे ।झण्डै दुई महिनापछि चलेको संसदमा सोमबार सुरुदेखि नै थोरै मात्र सांसदको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • स्थानीय तहको संख्या थप हुँदै, छलफलबाट थप संख्या टुंग्याउने

    काठमाडौं, फागुन ९ – स्थानीय तहको संख्या थप हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकमा नम्बर २ प्रदेशसहित तराईमा जनघनत्वका आधारमा स्थानीय तहको संख्या थप गर्ने मन्त्रीस्तरीय समितिको सुझावलाई कार्यान्वयन गर्ने सहमति भएको हो ।

  • प्याब्सनको १३ औँ महाधिवेशन आजदेखि

    काठमाडौं, फागुन ९ – निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको १३ औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा सोमबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ ।

  • राप्रपाको नयाँ कार्यसमिति चयनका आज अबेर मतदान हुने

    काठमाडौं, फागुन ९ – राप्रपाको नयाँ कार्यसमितिका लागि सोमबार मतदान ढिलो हुने भएको छ । उम्मेद्वारको नाममा दावी विरोध तथा नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने काम बाँकी नै रहेको तथा उम्म्द्वारको नाम र क्रमांक मिलाउन बाँकी नै रहेकाले सोमाबार दिउँसो पनि अबेरपछि मात्र मतदान सुरुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

  • एकै चरणमा सक्नेगरी वैशाखमै चुनाव, आज मिति घोषणा हुने

    चुनाव हुने या नहुने अन्योलकाबिच सरकारले सोमबार मिति घोषणा गर्दैछ । असन्तुष्ट मधेसी मोर्चाको माग पूरा गर्ने आश्वासनसहित सरकारले वैशाख अन्तिममा चुनाव गर्नेगरी मिति घोषणा गर्न लागेको हो ।

  • रेखा थापा र कोमल ओलीले पनि राप्रपाको सदस्यमा उम्मेदवारी दिए

    काठमाडौं, फागुन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिनुभएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया