MENU

राजनीति

Ncell Axiata
USAID

संशोधन विधेयक राष्ट्रिय हित विपरीत : राप्रपा अध्यक्ष थापा

सर्लाही, पुस २५ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हतारमा संविधान संशोधन विधेयक दर्ता गरेर सरकारले गल्ती गरेको बताउनुभएको छ । सोमबार बिहान सर्लाहीको हरिवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सत्तापक्षले संशोधन विधेयक दर्ता गर्दा आफ्नो पार्टीसँग छलफल नगरेको बताउनुभयो । 

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले सरकार जबरजस्ती अगाडि बढ्न खोजे परिस्थित थप जटिल बन्न सक्नेतर्फ सचेत गराउनुभयो । उहाँले संसदमा दर्ता भएको संशोधन विधेयकले मधेसी मोर्चालगायत अन्य आन्दोलनरत पक्षको माग सम्वोधन गर्न नसकेको बताउनुभयो । राप्रपाका अध्यक्ष थापाले संशोधनका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको अरोप लगाउनुभयो । 

आन्दोलनरत पक्षको माग सम्बोधन गरी निर्धारित मितिमै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा रउहाँले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया