MENU

राजनीति

Ncell Axiata
USAID

पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सञ्जय साहविरुद्ध ३१ करोडको भष्टाचारको मुद्दा (विज्ञप्तीसहित)

काठमाडौं, पुस २५ – पूर्वराज्यमन्त्री एवम् निलम्बित सांसद संजयकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । साहको ३१ करोड ५० लाख २६ हजार पाँच ५९ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै सोमबार साहविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । उनी पूर्व राज्यमन्त्री समेत रहेकाले ऐनको दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको अख्तियारले विज्ञप्तीमार्फत जनाएको छ । उनी पूर्व भौतिक योजना तथा निर्माण राजयमन्त्री समेत थिए ।  निलम्बित सांसद साह जनकपुर बम काण्डमा जेलमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया