MENU

खेल

USAID

रोनाल्डोले जिते फिफा वर्ष खेलाडी अवार्ड, मेस्सीलाई पछि पारे

पुस २६ – क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् । ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले अवार्ड उचाले । गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए । यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएको थियो । तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन् । दुवै अवार्ड रोनाल्डोले जिते । अवार्ड जितेपछि रोनाल्डोले भने ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन । समूहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खशी छु ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मनाङले जित्यो राजश्री जनक कप फुटबल, बिमलले गरे गोल

    चैत १६ – राजश्री जनक कप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सर्लाहीको कर्मैयामा भएको फाइनल खेलमा नेपाल आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि हात पारेको हो ।

  • विश्व फुटबलमा फेरि चम्कियो ब्राजिल, शीर्ष स्थानमा, अर्जेन्टिना पछि

    ब्राजिलले फेरि एकपटक विश्व फुटबलमा दबदबा कायम गर्ने देखिएको छ । ६ वर्षपछि ब्राजिल फिफा विश्व वरियतामा शीर्ष स्थानमा पुगेको छ । नयाँ वरियता अप्रिल ६ तारिखमा आउने छ जसमा अर्जेन्टिनाको स्थानमा ब्राजिल हुनेछ ।

  • ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम

    चैत १६ – ब्राजिल सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टिम बनेको छ । दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भयो ।

  • उरुग्वे फेरि हार्‍यो, ब्राजिल भन्दा १० अंकले पछि

    चैत १६ – विश्वकप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेल उरुग्वे पराजित भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत भएको खेलमा पेरुले उरुग्वेलाई २–१ ले हराएको हो ।

  • रोनाल्डोको अर्को कीर्तिमान

    चैत १६ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने विश्वका खेलाडीको सूचिमा शीर्ष १० मा पर्न सफल भएका छन् । मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको स्वीडेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका थिए ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया