MENU

खेल

USAID

मलेसियाका फैजले गरेको गोल वर्षकै उत्कृष्ट

पुस २६ – मलेसियाका मिडफिल्डर मोहद फैजले उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । ज्युरिचमा भएको फिफा बेष्ट अवार्डमा फैजले ब्राजिलका जोनथ मार्लोन र भेनेजुएलाका डानिएस्का रोड्रिग्वेजलाई पछि पार्दै अवार्ड जितेका हुन् । पहिलो पटक मनोनयन परेका फैज पुसकास अवार्ड जित्ने मलेसियाको पहिलो खेलाडी बनेका छन् । फिफा डट कममा विश्वभरका फुटबल समर्थकले गरेको मतका आधारमा फैजको गोल वर्ष २०१६ को उत्कृष्ट गोल घोषित भएको हो ।

 फैजले मलेसियन सुपर लिग अन्तर्गत पेनाङका लागि गरेको गोलले ५९ दशमलव ४६ मत पायो । मार्लोनको गोलले २२ दशमलव ८६ तथा रोड्रिग्वेजको गोलले १० दशमलव ०१ प्रतिशत मत पाएको फिफाले जनाएको छ ।

अन्तिम १० मा परेका लियोनल मेस्सी, नेइमार, हाला रोब्सन कानुसहितका बाँकी सात खेलाडीले कुल ७ दशमलव ६८ प्रतिशत मत पाएको छ । फिफाले सन् २००९ देखि पुसकास अवार्ड दिन थालेको हो । सन् २००९ मा क्रिष्टियानो रोनाल्डो, २०१० मा हामित अल्टिनटप, २०११ मा नेइमार, २०१२ मा मिरोस्लाभ स्टोच, २०१३ मा जाल्टन इब्राहिमोविच, २०१४ मा जेम्स रोड्रिग्वेज र २०१५ मा वेनडेल लिराले अवार्ड जितेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मनाङले जित्यो राजश्री जनक कप फुटबल, बिमलले गरे गोल

    चैत १६ – राजश्री जनक कप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सर्लाहीको कर्मैयामा भएको फाइनल खेलमा नेपाल आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि हात पारेको हो ।

  • विश्व फुटबलमा फेरि चम्कियो ब्राजिल, शीर्ष स्थानमा, अर्जेन्टिना पछि

    ब्राजिलले फेरि एकपटक विश्व फुटबलमा दबदबा कायम गर्ने देखिएको छ । ६ वर्षपछि ब्राजिल फिफा विश्व वरियतामा शीर्ष स्थानमा पुगेको छ । नयाँ वरियता अप्रिल ६ तारिखमा आउने छ जसमा अर्जेन्टिनाको स्थानमा ब्राजिल हुनेछ ।

  • ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम

    चैत १६ – ब्राजिल सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टिम बनेको छ । दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भयो ।

  • उरुग्वे फेरि हार्‍यो, ब्राजिल भन्दा १० अंकले पछि

    चैत १६ – विश्वकप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेल उरुग्वे पराजित भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत भएको खेलमा पेरुले उरुग्वेलाई २–१ ले हराएको हो ।

  • रोनाल्डोको अर्को कीर्तिमान

    चैत १६ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने विश्वका खेलाडीको सूचिमा शीर्ष १० मा पर्न सफल भएका छन् । मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको स्वीडेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका थिए ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया