MENU

राजनीति

Ncell Axiata

परराष्ट्रमन्त्री महत आज कतार जाँदै

काठमाडौं, पुस २६ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत मंगलबार कतार प्रस्थान गर्दै हुनुहुन्छ । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा परराष्ट्रमन्त्री महत कतार जान लाग्नु भएको हो ।

तीन दिने भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षीसँग बुधबार दोहामा द्विपक्षीय भेट गर्नुहुनेछ । पराष्ट्रमन्त्री महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्नुहुनेछ । उहाँले दोहामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री महत गैरआवासीय सङ्घ अमेरिकाको पाँचौं साधारणसभामा प्रमुख अतिथिका रुपमा भाग लिन कतारबाट पर्सि बिहीबार अमेरिका जानुहुनेछ । उहाँ माघ ३ गते स्वदेश फर्कनुहुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया