MENU

खेल

Ncell Axiata
USAID

फिफा वर्ष टिम : को को परे ?

पुस २६ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष २०१६ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । ज्युरिचमा भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत ‘द फिफा फिफप्रो वर्ल्ड इलाभेन २०१६’ सार्वजनिक गरेको हो । विश्वभरका फुटबल खेलाडी तथा अधिकारीको मतका आधारमा टिममा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी परेका छन् । तर नेइमार भने वर्ष टिममा अटाएनन् । 

वर्ष टिममा को को परे ? 

  • गोलरक्षकः म्यानुएल नुएर
  • डिफेन्डरः डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस र मार्सेलो
  • मिडफिल्डरः लुका मोड्रिक, टोनी क्रस र आन्द्रेस इनिएस्ट
  • फरवाडः लियोनल मेस्सी, लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डो 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया