MENU

समाज

USAID

तिर्खा लाग्दा पानी खान पनि अरुकै भर

डीबी विष्ट/उज्यालो ।

बझाङ, पुस २६ – छाउपडी प्रथा विरुद्ध बझाङमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाले अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । केही गाविसमा अझै छाउपडी प्रथा कायमै छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ धामीलेखमा यो समस्या सबैभन्दा धेरै छ । झण्डै ९५ परिवार बसोबास गर्ने यस वडामा २० वटा भन्दा धेरै छाउ गोठ रहेको स्थानीय सिद्धराज जोशीले बताउनुभयो ।

अहिलेसम्म यस गाउँका महिलाहरु छाउ (रजस्वला) र सुत्केरी भएका बेलामा छाउ गोठमा नै बस्ने गरेको स्थानीय सीता सिंहले बताउनुभयो । आफूले छाउगोठ भत्काउन प्रयास गरेपनि सम्भव नभएको स्थानीय बासिन्दा भत्तराज जोशीले बताउनुभयो । आफ्नो परिवारका महिलाहरु महिनावारी भएको बेलामा घरमै राख्ने गरेको भएपनि समाजले नानाथरी कुरा काट्ने गरेको उहाँले बताउनुभयो । राजनीतिक क्षेत्रबाट यो पहल सम्भव नभएकोले सामाजिक क्षेत्रबाट अभियान चलाउनुपर्ने उहाँको भनाई छ ।

महिनावारी भएको भएको ७ दिनसम्म यहाँका महिलाहरुले कडा काम गर्नु पर्ने, पानी खाने धारामा जान नमिल्ने, अरुले दिएको खाना खानु पर्ने, पानी तिर्खा लागे अरुलाई गुहार्नु पर्ने, कोही मान्छे फेला नपरे पानी खान नै नपाइने समस्या रहेको सत्यदेवी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘छाउ भएका बेलामा बिहान उठेर काममा जानु पर्छ , दिउँसो घर आँउदा कहिले काँही कोही हुँदैनन्, पानी तिर्खा लागेको हुन्छ । तर पानी खान धारामा जान पाईंदैन निकै समस्या  छ ।’

यो आफ्नो मात्र नभई यस गाँउका सबै महिलाको समस्या रहेको उहाँले बताउनुभयो । घर भित्र बस्ने रहर भएपनि आफू समाज र बुढापाकाको डरले छाउ गोठमा नै बस्नु पर्ने बाध्यता रहेको यहाँका महिलाको गुनासो छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया