MENU

बातावरण-कृषि

USAID

बर्दियामा जलपक्षी गणना सुरु

बर्दिया, पुस २६ – बर्दिया राष्ट्रिय निकुञ्जसहित संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा जलपक्षीको गणना सुरु भएको छ । बर्दियाको कर्णाली नदी, बबई नदी, बढैया ताल र सतखलुवा ताल लगायतका क्षेत्रमा सोमबारदेखि जलपक्षी गणना सुरु भएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवं चरा विज्ञ रामबहादुर शाहीले जानकारी दिनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया प्रकृति संरक्षण क्लब र पक्षी संरक्षण संघको संयुक्त आयोजनामा बर्दियाका विभिन्न नदी, तलाउ तथा सिमसार क्षेत्रमा संरक्षणकर्मी र चराविदहरुको संयुक्त टोलीले गरेको अनुगमनबाट जल चराको संख्या गणना गर्दैछ ।

अनुगमन टोलीले बर्दिया निकुञ्ज अन्र्तगत कर्णाली नदी, बबई नदी, गेरुवा नदीसँगै बढैया ताल र सतखलुवा ताल लगायतका सिमसार क्षेत्रमा जल पक्षी गणना गरिने र जलपक्षी गणनामा हिँडेको टोली मंगलबार बबई नदी, सतखलुवा ताल र बढैया ताल सम्म पुग्ने चराविज्ञ शाहीले बताउनुभयो ।

आगन्तुक जल चराहरुका लागि नेपालकै दोस्रो ठूलो सिमसार क्षेत्र बढैया तालमा साइबेरिया, भारत लगायतका मुलुकबाट चराहरु आउने भएकाले तालको झार हटाउन औषधिको प्रयोग गरेर सफा गर्दा चराको वासस्थान बिनास भएको र तालमा माछा खाईदिने डरले चरा भगाउने त्रसाउने प्रमुख समस्या रहेको जल चरा गणनाका संयोजक रामबहादुर शाहीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रसुवामा १५ वटा कृषि पकेट क्षेत्र

    रसुवा, माघ ६ – रसुवामा १५ वटा व्यावसायिक कृषि उत्पादन क्षेत्र (पकेट) निमार्ण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको ११ वटा गाविसको १४ स्थानमा पकेट निमार्ण गरिएको हो ।

  • इतिहासकै सबैभन्दा गर्मी वर्ष २०१६

    माघ ६ – सन् २०१६ इतिहासकै सबैभन्दा गर्मी वर्ष हुने देखिएको छ । गएको वर्षको तापक्रम सम्बन्धी तथ्यांकबाट सन् २०१५ भन्दा २०१६ गर्मी वर्ष हुने देखिएको हो ।

  • मौरीमा मोह

    झापाको शिवसताक्षी नगरपालिका दूधेकी देवी दाहाल १० वर्षअघि मेलापात गरेर जीविका चलाउनु हुन्थ्यो । भएको जग्गा जमिनमा उब्जनी नभएपछि उहाँको परिवारलाई खान लाउन नै समस्या थियो ।

  • किबी फल्यो, बजार पाएन, किसान चिन्तित

    गएको वर्ष राम्रो मूल्यमा बिक्री भएको किबिले यो वर्ष बजार नपाउँदा सराङडाडा–३ कि जुनु लावती चिन्तित हुनुहुन्छ । बारीमा हुर्किएका तीन सय बोटमा फलेको १६ क्विन्टल किबी बिक्री नभएकाले लावती चिन्तामा हुनुहुन्छ ।

  • हिउँ परेपछि संकटमा जनावर तथा पक्षी, सिकार गर्ने क्रम बढ्यो

    डीबी विष्ट/उज्यालो ।बझाङ, माघ ४ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढेको छ । हिउँमा फसेका मृगसहितका जनावर र चिसोले बेसी तिर झरेका पक्षीको सिकार गर्ने क्रम बढेको हो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया