MENU

खेल

USAID

अवार्ड पाएपछि रोनाल्डोले के भने ? (भिडियोसहित)

पुस २६ – फिफा वर्ष खेलाडीको अवार्ड जितेका क्रिष्टियानो रोनाल्डोले वर्ष २०१६ आफ्नो खेल जीवनकै उत्कृष्ट वर्ष रहेको बताएका छन् । ज्युरिचमा भएको अवार्ड वितरण समारोहमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले अवार्ड लिएपछि भने ‘मैले यसअघि पनि केही ठाउँमा भनेको थिएँ कि यो वर्ष मेरा लागि उत्कृष्ट वर्ष रह्यो । वर्ष २०१६ सायद मेरो खेल जीवनकै उत्कृष्ट वर्षको रुपमा रहने छ । राष्ट्रिय टिमबाट युरोकप २०१६ को उपाधि जित्नु ठूलो सफलता रह्यो । यो पोर्चुगलका लागि पहिलो उपाधि हो र म त्यसको माध्यम बन्न पाएँ । यसले यो वर्ष निकै विशेष बन्यो ।’ यस्तै रियल मड्रिडबाट च्याम्पियन्स लिग र क्लब वर्ल्ड कपको उपाधि जित्नु पनि निकै उत्कृष्ट रहेको उनको भनाई छ ।

उनले भने ‘मैले फुटबल खेल्न थालेदेखि कै यो वर्ष कुनै शंका बिना नै सबै भन्दा उत्कृष्ट वर्ष हो ।’ आफू फुटबलको इतिहासमा विशेष बनेर रहन पाउँदा निकै खुशी लागेको रोनाल्डोले बताए । फिफाले प्रदान गरेको अवार्ड पहिलो पटक आफू निकै उत्साहित भएको रोनाल्डोको भनाई छ । रोनाल्डोले लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै अवार्ड जितेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मनाङले जित्यो राजश्री जनक कप फुटबल, बिमलले गरे गोल

    चैत १६ – राजश्री जनक कप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सर्लाहीको कर्मैयामा भएको फाइनल खेलमा नेपाल आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि हात पारेको हो ।

  • विश्व फुटबलमा फेरि चम्कियो ब्राजिल, शीर्ष स्थानमा, अर्जेन्टिना पछि

    ब्राजिलले फेरि एकपटक विश्व फुटबलमा दबदबा कायम गर्ने देखिएको छ । ६ वर्षपछि ब्राजिल फिफा विश्व वरियतामा शीर्ष स्थानमा पुगेको छ । नयाँ वरियता अप्रिल ६ तारिखमा आउने छ जसमा अर्जेन्टिनाको स्थानमा ब्राजिल हुनेछ ।

  • ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम

    चैत १६ – ब्राजिल सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टिम बनेको छ । दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भयो ।

  • उरुग्वे फेरि हार्‍यो, ब्राजिल भन्दा १० अंकले पछि

    चैत १६ – विश्वकप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेल उरुग्वे पराजित भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत भएको खेलमा पेरुले उरुग्वेलाई २–१ ले हराएको हो ।

  • रोनाल्डोको अर्को कीर्तिमान

    चैत १६ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने विश्वका खेलाडीको सूचिमा शीर्ष १० मा पर्न सफल भएका छन् । मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको स्वीडेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका थिए ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया