MENU

विचार/अनुभूति

Ncell Axiata

पानी थाप्दा बाल्टिन फाल्ने घरबेटी, एउटै तालिममा भेट्दा बोल्न सकिनन्

 गीता त्रिपाठी –

तिमीले हास्ँदा जुन हाँसी छोओस् धर्तीलाई ।

तिम्रो प्रेमको उपमा होस् बाँकी पिरतीलाई ।।

दुःखलाई तिम्रो घरको बाटो बिरानीहोस्  ।
तिमीलाई सधैँ सँधै फूलको सिरानी होस् ।।

खै कसरी–कसरी, काठमाडौंको बसाई पढाईबाट सुरु भयो । पढाईसँगै विवाह, केटाकेटी, सबैको चाँजोपाँजो उसै, कसरी भन्ने नै भएन । सजिलै सेटल भए जस्तो भयो । विवाह १६ वर्षकै उमेरमा भयो । चिनजान पहिलेदेखि नै  थियो । दिदीको देवर । उहाँले हात माग्नु भयो । बुबाले छोरी पढाउने शर्तमा विवाह गरिदिनुभयो । बुवालाई पहिलेदेखि नै छोरी पढाउनु पर्दछ भन्ने थियो । उहाँ श्रीमानले पनि पढ्ने मान्छेलाई रोक्नु हुन्न, पढाउँछु भन्नुभयो । म ढुक्क थिए पढ्न पाउँछु भन्ने ।कविता पहिलेदेखि नै लेख्दथेँ । ‘सरस्वती बन्दना’ मेरो पहिलो कविता । म अलिकति छन्दमा लेख्न खोजे । २०४३/०४४ साल अघिको कुरो हुनुपर्दछ । मैले किसानको जीवनबाट प्रभावित भएर कविता लेखे । सायद दिदीहरुबाट प्रभावित भए ।

बिहे गरेपछि पढ्न, पढाउन, सजिलै भयो । 

आइए पढ्दा पढ्दै विहे भएको हो मेरो । बिहेपछि हामी डेरामा बस्यौं । बिहान मेरो क्याम्पस । पानीको  समस्या उही त हो, काठमाडौंमा । पानी भरेर क्याम्पस जानु पर्ने । तर घरबेटीले मेरो बाल्टी यसरी सारिदिए, मैले मेरो क्याम्पस छ भने तर उनले ‘भए होस्’ भने । एकदमै तुच्छ तरिकाले । सारै नमज्जा लाग्यो । स्वाभिमान रोयो । सरेँ त्यहाँबाट ।

संयोगवश माइती नेपालको सुरुवात त्यही घरबाट भयो ।  अनुराधा कोइराला (माइती नेपालकी अध्यक्ष) दिदीले माया गर्नुहुन्थ्यो  । निकै संघर्ष गरेर यो संस्था खोलिएको हो । अनि दिदीले संस्थालाई अघि बढाउन तालिमको व्यवस्था गर्नु भएको थियो । 

उहाँले मलाई पनि बोलाउनुभयो  । त्यही घरबेटी पनि तालिममा आएका थिए । म बोल्न खोजे तर  उनीले  हिम्मत गरेनन् । बाचुन्जेल कसले के लैजान्छ र ? किन अरुको मन दुखाउने । मैले ती घरभेटी नबोले पनि उनको आँखामा ग्लानी र पश्चाताप मज्जैले पढेँ र देखे । 

सात वर्षको डेरापछि अहिले म आफ्नै घरमा छु र तर मलाई भाडामा बस्नेसँग कुनै भेद छैन । संवेदनाहरु आउँछन् । केही कुरा अरु भइरहेका हुन्छन् मनमा । ती कुराहरु नपत्याउने गरी मनमा कता कता बसिराखेका हुन्छन् । तुरुन्तै शब्दहरु बन्दैनन्, भावमा खेल्छन् । अब भएन अति हुन्छ..., अब त केही लेखौँ । त्यसपछि सुरु हुन्छ कविता लेख्न ।

मनमा छट्पटी हुने बितिकै तुरुन्त म लेख्दिन । गीत लेख्दा होस्, कविता लेख्दा होस् बाटोमा त्यसले  ‘हिट’ गरिरहेको हुन्छ । अरु काम गर्दा होस्, पढाउन जाँदा होस् वा आफू पढिरहदा होस् । एकत्रित हुन नसकेपछि मलाई थाहा हुन्छ की मेरो मन पानी बिनाको माछा झैँ छट्पटिरहेको छ । अनि म लेख्नु सुरु गर्छु । पहिलो  हरफ वा लाइन लेखे पछि म केही समय पर्खन्छु । त्यसलाई सही शब्द चयन गर्न । जसरी स्वस्थ्य शिशुको लागि स्याहार सुसार र आहार बिहारको ख्याल गर्नुपर्दछ । त्यसैगरी १० महिनै नभए पनि १० हप्ता, १०  दिन वा १० मिनेट यस्तै यस्तै... ।

जिन्दगीको यो रफ्तारमा आफ्नै गति हुन्छ । तर गति कहाँ र किन भन्ने भएन भने भिरमा फलेको फर्सी जस्तै भइन्छ । न यता न उता । हो, त्यसैले पहिला गति पहिल्याउनु पर्दछ । होइन भने त यो भिडमा मैले कसरी आफूलाई  गीता त्रिपाठी भनेर स्थापित गर्नु ।

उ बेला २२ जना छात्रा हामी । २२ मध्ये म सँगै कविता लेख्ने अरु पनि थिए । तर ती सब खै कहाँ गए ? सुरुवात गरेपनि निरन्तरता दिन सकेनन । कारण त्यहिँ हो गतिलाई पहिल्याउन नसक्नु । जीवनमा मलाई बाधा दिने कोही भएनन, या भनौँ ब्यवधानयुक्त प्रेम भएन, त्यसैले पनि मेरो गतिमा कहिल्यै कुनै अवरोध भएन ।

संघर्ष हिजो पनि थियो आज पनि छ । फरक यति हो परिवेश मात्र अलग छ । छोरी मान्छेले धेरै सीमा पार गर्नुपर्छ । हामी दिदी–बहिनी (देउरानी–जेठानी) असाध्यै  मिल्ने । त्यहि भएर पढाईलाई निरन्तरता दिन सजिलो भयो । म बिहान पढ्थेँ । उनी दिउँसो । यसैगरी हामीले आफूलाई अगाडि बढायौं । 

उनीले  पनि एमफिल गर्दैछिन् । म पनि पिएचडी गर्दैछु । छोराछोरी आफ्नै  रफ्तारमा पढ्दै छन् । बहिनी ( देउरानी) की छोरी छन् । छोरीको अभाव छैन । भनौँ, कुनै कुराको अभाव नै छैन । ब्राह्मण परिवारकी जेठी बुहारी म । घर भित्रै बसेर हुँदैन भनेर बिए पास गरेपछि आफै सक्रिय भए । आफैमा आत्मबल बढ्यो । केही गर्ने  । पिएचडीको चुली भेट्नु छ  । हरेक सिँढी मेरा लागि उत्तिकै महत्व र अर्थपूर्ण छन् । 

(कवियत्री गीता त्रिपाठीसँग दीपा तिमल्सिनाले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सहयोगको चर्चा चुलिए पनि म मख्ख छैन

    मलाई सानै उमेरदेखि समाज सेवा गर्ने मन थियो । मेरो ममी बितेको एक वर्ष मात्रै भयो । ममीले सुसाइड गरेपछि मानसिक रुपमा विक्षिप्त भएकी थिएँ । ममीको मृत्युपछि म १७ दिनसम्म मेन्टल अस्पताल बसेँ ।

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएप...

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया