MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

​क्यामेरा पर्सन प्रविन घिमिरे म्युजिक भिडियोमा

काठमाडौं, पुस २६ – दर्जनौं म्युजिक भिडियो तथा फिल्म खिचेका क्यामेरा पर्सन प्रविन घिमिरे यतिबेला म्युजिक भिडियोमा व्यस्त छन् । मोडल युरिश कार्कीसँगै क्यामेरा पर्सन प्रविन घिमिरे र मोडल गीता गुरुङ नयाँ म्युजिक भिडियोमा देखिने भएका हुन् । चर्चित गायक प्रमोद खरेलको ‘कहाँ छौं कहाँ ए मेरी प्यारी’ गीतको म्युजिक भिडियोमा उनीहरुले अभिनय गर्दैछन् । निर्देशक मुनाल शिशिर र विष्णुप्रसाद भण्डारीको निर्देशनमा निर्देशित यस म्युजिक भिडियोमा दुवईको विभिन्न ठाउँका मनोरम दृश्य कैद गरिएको निर्देशक मुनाल शिशिरले बताए । केही दिनमै दर्शकसामु म्युजिक भिडियो पस्कने उनले बताए ।पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका प्रविन घिमिरेको सानैदेखिको अभिनय गर्ने इच्छा पूरा भएको उनको भनाई छ । उनले म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेकाले दर्शकको मन जित्ने दाबी गरेका छन् । दर्शकले आफ्नो अभिनय रुचाएमा अभिनयलाई पनि निरन्तरता दिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया