MENU

राजनीति

Ncell Axiata

​बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

काठमाडौं, पुस २६ – व्यवस्थापिका–संसद्को मंगलबारको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको  विधेयक सामान्य छलफलपछि पारित भएको हो । 

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बंैकिङ क्षेत्रमा देखिएको विसङ्गतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विधेयकको उद्देश्य रहेको बताउनुभयो । विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । 

यस्तै संसदको शुन्य समयमा सांसदहरुले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवको घोषणा गरेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले पृथ्वी नारायणको योगदानलाई विर्षन नहुने भन्दै सार्वजनिक बिदा दिन माग गरेका हुन् । व्यवस्थापिका संसदको बैठकमा एमाले सांसद प्रकाश ज्वालाले पृथ्वीनारायण शाह राजा मात्र नभएर आधुनिक नेपालका निर्माता भएकाले, उहाँलाई सम्झिनु अपराध नभएको बिदा दिनु राज्यको कर्तव्य भएको बताउनुभयो ।

बैठकमा राप्रपा र नेपाली कांग्रेसका सासंदले पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका छन् । संसदको अर्को बैठक आउँदो २९ गते शुक्रबार १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नुवाकोटमा ५७ जनाको उम्मेदवारी

    नवदीप अजनबी/उज्यालो । नुवाकोट, कात्तिक ५ - मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि नुवाकोटमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता गरेका छन् ।

  • म्याग्दीमा लोकतान्त्रिक र बाम गठबन्धन दलद्वारा उम्मेदवारी दर्ता

    प्रताप बानियाँ/उज्यालो । म्याग्दी, कात्तिक ५ –म्याग्दीमा लोकतान्त्रिक र वाम गठबन्धन दलद्वारा उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा चुनावमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा र बाम गठबन्धनबाट नेकपा एमालेका भूपेन्द्र थापाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

  • कहाँ कसले गरे मनोनयन दर्ता ?

    प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको हो ।

  • प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा छलफल गर्न आयोगद्वारा समिति गठन

    काठमाडौं, कात्तिक ५ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा छलफल गर्न समिति गठन गरेको छ ।

  • दार्चुलामा उम्मेदवार को को ?

    दार्चुला, कात्तिक ५ – दार्चुलामा वाम गठबन्धन र नेपाली कांग्रेसले जुलुससहित उम्मेदवार मनोनयन गराएका हुन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं निर्वतमान सांसद गणेशसिंह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया