MENU

अर्थ

Ncell Axiata
chhaka panja

मिनी आइपीओ खुल्ला हुनु अगाडि सगुनले पायो ५० करोड रुपैयाँको आशय

काठमाडौं, पुस २६ – सामाजिक सञ्जाल सगुनले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन एसइसीमा रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत मिनी आइपीओ खुल्ला हुनु अगाडि  ५० करोड रुपैयाँ भन्दा बढी लगानीको आशय प्राप्त गरेको छ । सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व रुपैयाँ भन्दा बढी लगानीको रुपमा जुटाउने तयारी गरेको छ । 

नेपाली युवा गोविन्द गिरीले बनाएको सामाजिक सञ्जाल सगुनले मिनी आइपिओ खुल्ला गर्नु अगाडि सम्भावित लगानीकर्ताहरुबाट आशय आह्वान गरेको थियो । सगुन यतिखेर रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत मिनी आइपीओको लागि अन्तिम स्वीकृतीको पर्खाइमा छ । यो आवेदन स्वीकृत भएर आएपछि सगुनको प्रयोगकर्ता तथा समर्थक रहेका ठूलो संख्याका सम्भावित लगानीकर्ताले लगानी गर्ने अवसर प्राप्त गर्नेछन्। 

एसइसीबाट लगानी प्रस्ताव स्वीकृत भएपछि कम्पनीले आठ लाख ६९ हजार पाँच सय ६४ कित्ता ग श्रेणीको सामान्य शेयरलाई २३ डलर प्रति कित्तामा बेच्न पाउनेछ । यसमा लगानी गर्नको लागि न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्ने हुन्छ । जसका लागि २ सय ९९ डलर तिर्नुपर्छ । 

शेयर खरिद गर्न चाहनेले अनलाइनमार्फत खरिद गर्न सक्ने सगुनले जनाएको छ । जसका लागि सगुनको वेबसाइट www.sagoon.com/invest मा गएर सगुनको शेयर खरिद गर्न सकिनेछ ।  

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया