MENU

समाज

Ncell Axiata
USAID

हिउँ परेपछिको रारा (फोटोफिचर)

श्याम बिसी/उज्यालो 

मुगु, पुस २६ – पर्यटकीय गन्तव्य मुगुको राराताल हिउँले सेताम्य भएको छ । रारामा झण्डै एक फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण राराको सुन्दरतामा हिउँदेपन थपिएको छ । रारामा हिमपात भएको समयमा पनि रारा ताल हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटक भने कम छैनन् । रारामा हिमपातसँगै पर्यटक आउनेक्रम बढ्ने रारा राष्ट्रिय निकुञ्जको अनुमान छ । गएको शनिबार रातिबाट छिटफुट वर्षा भएपछि आइतबार मुगुसहितका कर्णालीका सबै जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो । रारा तथा रारा राष्ट्रिय निकुञ्ज वरपर रहेका रूखहरु कपासजस्तै सेतै देखिएका छन् । नीलो र कञ्चन तालको पानीमा हिउँको सेतो छाया भरिभराउ छ । सूर्यको पारिलो घामले राराको हिउँ चाँदीझैं टल्किएको छ । यो समयमा रारामा आउने पर्यटकले मात्र राराको यस्तो सुन्दरतासँग नजिक हुन पाउछन् । सेताम्य राराको सुन्दरता हेर्नका लागि जिल्लाको जिमा गाविसबाट रारा पुगेका पदम बहादुर शाहीले आफू परिवारसहित आएको बताउनुभयो । ‘उसै रारा सुन्दर छ, हिउँले झनै राम्रो देखिएको छ’ उहाँले भन्नुभयो । पश्चिम मानसरोवर, साइबेरिया तथा भारतको नैनी ताललगायतका स्थानबाट कर्याङकुरुङ, जलेवा, सेता हाँस जस्ता चरा रारामा भरिभराउ छन् । हिमपात सुरु भएपछि उच्च क्षेत्रहरुको जनजीवन प्रभावित भएको छ । रारा पर्यटन विकास समितिका अध्यक्ष देविकृष्ण रोकायाकाअनुसार रारामा हिमपात भएपनि आगन्तुकका लागि भने भने कुनै समस्या छैन् । ‘हिमपात धेरै भएपछि मुलुकका केही पर्यटकीय क्षेत्रमा पर्यटकलाई समस्या हुने गरे जस्तै रारामा पनि दुःख पाईन्छ भन्ने नबुझ्न पर्यटकलाई हाम्रो आग्रह हो’ उहाँले भन्नुभयो । समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइको रारा हिउँदमा हिउँले सेताम्य र असार साउनमा सप्तरंगी फूलले सिँगारिन्छ । बिहान, मध्याह्न र साँझतिर दिनमा तीनपटक राराको रूप फेरिने गदर्छ । हरेक वसन्त ऋतुका साथै राराले रूप फेरिरहन्छ । चैत वैशाखमा लालीगुराँस ढकमक्कै फुलेर बेहुलीजस्तै देखिन्छ भने गर्मी चढेपछि तालमा असला माछा, आहारा खोज्दै किनारतिर आउँछन् । डाँफे, कालिज, लाटोकोसेरो, ढुकुर, चिल, हाँसलगायत ३ सय प्रजातिका चरा र कस्तुरी, रेडपाण्डा, मृग, घोरल, रतुवा, जस्ता वन्यजन्तु र गुच्ची च्याउ, पाँचऔंले, जटामासीलगायतका १८ किसिमका जडिबुटी रारा क्षेत्रमा पाइन्छ ।

 

हिउँ परेपछिको रारा (फोटोफिचर)

हिउँ परेपछिको रारा (फोटोफिचर)

हिउँ परेपछिको रारा (फोटोफिचर)

हिउँ परेपछिको रारा (फोटोफिचर)

हिउँ परेपछिको रारा (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया