MENU

खेल

Ncell Axiata
USAID

रुस्लान कप क्रिकेट प्रतियोगिता : पुलिस र आर्मी विजयी

काठमाडौं, पुस २६ – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । मंगलबार भएको उद्घघाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । एकसय ८४ रनको लक्ष्य पच्छ््याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रनमा समेटिएपछि पुलिस क्लव विजयी भयो । हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । 

यस्तै मंगलबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लवले न्यु राइजिङ स्टार क्लवमाथि ९ विकेटको जित निकाल्यो । न्यु राइजिङ स्टार क्लवले दिएको ८८ रनको लक्ष्य आर्मीले ११ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेटायो । आर्मीका सागर पुनले ३९ र महेश क्षेत्रीले २४ रन बनाए । मंगलबारदेखि सञ्चालन भएको प्रतियोगिताको उद्घघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया