MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

बैतडीमा लोप हुँदै भैँसी, पशु सेवा कार्यालयले ल्यायो भैँसी प्रवद्र्धन कार्यक्रम

इन्द्रसरा खड्का/उज्यालो । 

बैतडी, पुस २६ – बैतडीमा भैँसी लोप हुँदै गएको छ । बैतडीका धेरैजसो किसानले भैँसीपालन व्यवसायलाई छोड्दै गएकाले भैँसी लोप हुने अवस्थामा पुगेको हो । 

भैँसीमा लाग्ने खरी रोग, भैँसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैँसी पालन व्यवसाय संकटमा परेको पशु प्राविधकले बताएका छन् । जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीका अनुसार पछिल्लो समयमा भैँसी पालनमा किसानको आकर्षण घट्दै गएको छ । चरिचरनको अभाव, विभिन्न रोग तथा भैँसी पाल्नका लागि बढी मेहनेत गर्नुपर्ने भएका कारण भैँसी पालन व्यवसाय संकटमा परेको जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताउनुभयो । 

कुनैबेला परिवारको लागि लुगाफाटो किन्नुपर्दा होस् अथवा चाडपर्व मनाउन होस् भैँसीको घिउले नै गर्जो टार्ने चलन थियो । तर पछिल्लो समयमा भैँसी पालनमा किसानको आकर्षणनै घटेपछि भैँसीको घिउनै पाउन छोडेको गाँजरीका जनक धामीले बताउनुभयो । 

पहाडी जिल्लाबाट मासुका लागि थारो भैँसी समेत व्यापारीले किन्न थालेपछी भैँसी झन लोप हुँदै गएको शंकरपुरका मुरली अवस्थीले बताउनुभयो । 

भैँसी पालनमा आकर्षण बढाउन भैँसी प्रवद्र्धन कार्यक्रम 

भैँसी पालनको जिल्ला भनेर चिनिने  बैतडीमा भैँसीनै लोप हुने अवस्थामा पुगेपछि जिल्ला पशु सेवा कार्यालयले भँैसी प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षबाट जिल्लाका पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र हाट गाविसमा भैँसी प्रवद्र्धन कार्यक्रम सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. नवीन घिमिरेले बताउनुभयो  । 

कार्यक्रम लागु भएका नगरपालिका तथा गाविसमा भैँसीपालक किसानको २५ जनाको समूह गठन गर्ने र उनीहरुलाई विभिन्न सहयोग गर्ने घिमिरेले बताउनुभयो । कार्यक्रम लागु भएका ठाउँमा प्रति किसान गोेठ सुधारका लागि पाँच हजार अनुदान दिइनेछ भने भैँसीमा लाग्ने रोगको नियन्त्रणका लागि जुकाको औषधि, बाह्य परिजिवी विरुद्धको खोप र खरी रोग विरुद्धको औषधि निशुल्क प्रदान गरिने छ । 

यस्तै किसानलाई पोषिलो घाँस उत्पादनमा उत्प्रेरित गर्ने र त्यसका लागि घाँसको बीउ र बेर्ना सित्तैमा उपलब्ध गराउने जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी शिवराज भटट्ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया