MENU

समाज

Ncell Axiata
USAID

छोरी बलात्कार आरोपित बाबु पुर्पक्षका लागि थुनामा

भक्तपुर, पुस २६ – नाबालिका छोरी बलात्कार गरेको आरोपमा पक्राऊ परेका बाबुलाई मंगलबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  

आफ्नै ११ वर्ष चार महिनाकी छोरीलाई विगत चार वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको आरोपमा मध्यपुरथिमि नगरपालिका–११ हात्तिमहांकाल बस्ने ३२ वर्षका बाबुलाई मंगलबार डिल्ली बजार कारगार चलान गरिएको अदालतले जानकारी दिएको छ । 

अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईका अनुसार इजलासले मुद्धाको जाहेरवाला, स्वास्थ्य परीक्षण गर्ने चिकित्सक, साक्षी, सरकारी वकिल कार्यालय भक्तपुरमार्फत १५ दिनभित्र मिति किटान गरी उपस्थित गराउन महानगरीय प्रहरी वृत्त ठिमीलाई आदेश दिएको छ ।

गएको पुस १ गते दिउँसो घरमा कोही नभएको मौकामा छोरीलाई डर, धम्की देखाएर बलात्कार गर्दै गर्दा श्रीमतीले देखेपछि प्रहरीमा जोहेरी दिएकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया