MENU

राजनीति

Ncell Axiata
USAID

पृथ्वीनारायण शाहको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने – इमान्दार नागरिकले गौरव गर्नुपर्छ

चितवन, पुस २६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको भूमिकाको प्रशंसा गर्दै इमान्दार नागरिकले गौरव गर्न सक्नुपर्ने बताउनुभयो । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषदको उद्धघाटन कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री दहालले पृथ्वीनारायण शाहको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादको ब्याख्या भन्दा बाहिर गएर र इतिहासको विकास क्रमलाई नमानेको ठहरीने बताउनुभयो । 

आफ्ना कार्यकर्ताले पृथ्वीनारायण शाहाको शालिक भत्काएको घटनाको स्मरण गर्दै दाहालले राजाको शालिक भत्काउनु पर्छ भन्ने उन्माद बोकेर हिँडेका आफ्ना पार्टीका कार्यकर्तालाई  नभत्काउन आफूले त्यसैवेला कडा निर्देशन दिएको बताउनुभयो । 

नेपाललाई एकिकृत र केन्द्रिकृत बनाउन शाहले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिन सक्नुपर्ने बताउदै प्रधानमन्त्री दहालले देशको इतिहासप्रति इमान्दार नागरिकले गौरव गर्नुपर्ने बताउनुभयो । 

पुस २७ गते पर्ने पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन विदा घोषणा गर्ने बिषय बहसमै रहेको बताउँदै उहाँले मधेस र आदिवासी जनजातिका बिचमा शाहको भूमिकालाई कसरी हेर्ने भन्ने बहस रहेको जानकारी दिनुभयो । विदा दिने या नदिने बिषयमा मन्त्रिपरिषदमा दुई पटक छलफल भएको बताउँदै उहाँले सबै राजनीतिक दलका बिचमा छलफल गरेर निकास निकाल्न आफूले पहल गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया