MENU

समाज

USAID

धौलागिरीमा तीन वर्षपछि खुल्यो लाइसेन्स आवेदन

बागलुङ, पुस २६ – धौलागिरी अञ्चलमा तीन बर्षपछि सवारी साधन अनुमतिपत्र लाइसेन्स परीक्षाका लागि मंगलबारदेखि आवेदन दर्ता सुरु भएको छ । 

यातायात व्यवस्था कार्यालय धौलागिरीले मंगलबार आवेदन दर्ता सुरु गरेपछि बिहानैदेखि फर्म भर्नेको घुँइचो लागेको छ ।  

पहिलो दिन ८ सय १७ जनाले आवेदन दर्ता गराएको कार्यालयका नायव सुब्बा रामप्रसाद शर्माले जानकारी दिनुभयो । आवेदन दर्ताका लागि धौलागिरीको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ बाहेक, कास्की, नारायण, लुम्वीनी र चितवन जिल्लाबाट समेत मानिस आएको कार्यालयले जनाएको छ । 

मोटरसाइकलका लागि २६ देखि २८ गतेसम्म र  स्कुटर लागि २९ गते आवेदन खुल्ला गरिएको यातायात व्यवस्था कार्यालय धौलागिरीले जनाएको छ । पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लागि फारम खुल्ला भएको र त्यसपछि अन्य सवारी साधनका लागि फाराम खुल्ला गरिने कार्यालयका नायव सुब्बा उपाध्यायले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया