MENU

समाज

Ncell Axiata

एक हप्ताअघि हराएका कार्यालय प्रमुख मृत भेटिए

स्याङ्जा, पुस २६ – स्याङ्जाको भू–संरक्षण कार्यालयका प्रमुख कमल प्रसाद गौतम बेपत्ता भएको एक हप्तापछि मृत भेटिएका छन् । गएको सोमबार मन्त्रालय जान कार्यालयबाट हिँडेका ५० वर्षे गौतम एक हप्तापछि चितवनमा मृत अवस्थामा भेटिएका हुन् । 
 
पर्वतको राम्जादेउराली घर भएका गौतम अस्थायी रुपमा काठमाडौं बस्दै आएका थिए । मन्त्रालयमा काम छ भनेर हिँडेका उनी चितवनको रामनगर नगरपालिका–१ को जंगलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  
 
जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरुले सोमबार दिउँसो ४ बजे झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले एक हप्ताअघि हराए भनेर खोजी गरेको गौतमनै भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बूढीगण्डकीबारेको समझदारीपत्र सच्याउन माग

    काठमाडौं, भदौ ३ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ ।

  • संशोधन भएको वैदेशिक रोजगार ऐनमा के सुधार भयो ?

    सरकारले वैदेशिक रोजगार ऐन, २०६४ तेश्रो पटक संशोधन गरेको छ । तेश्रो संशोधित नियमावली, २०७४ साउन १६ गते देखि कार्यन्वयनमा आएको छ ।

  • दाहसंस्कार गरेको ३ दिनपछि भेटियो माइखोलामा हराएका युवाको शव

    इलाम भदौ ३ – इलाम नगरपालिका स्थित माइखोलाबाट वेपत्ता भएका इलाम नगरपालिका-७ का रोहन आचार्यको शव माइखोलाको शिवालय मन्दिर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

  • युएईमा ८० दिन कोमामा बसेकी देवीको फेरि पनि मृत्युसँग संघर्ष

    संसारसँग हार गुहार गरेर बचाएकी श्रीमतीको फेरि उस्तै हालतमा पुगेपछि लोकेन्द्र गएको शक्रबार युएईबाट काठमाडौं आउनुभएको छ । बोल्न सक्ने बनाएर नेपाल ल्याएकी श्रीमती अहिले भने जीवनको अन्तिम सास लिइरहेकी छिन् । त्यसैले त अबले उहाँले पनि श्रीमती बाँच्ने आशा मारिसक्नुभएको छ । भेन्टिलेटरमा राख्दा पनि देवीलाई अब तीन दिनपछि मुखबाट पाइप लगाउन नमिल्ने डाक्टरले बताएका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा सरसफाइ

    विराटनगर, भदौ ३ – विराटनगर माहानगरपालिकाको बाढी प्रभावित हाटखोला क्षेत्रमा शनिबार सरसफाइ गरिएको छ । विराटनगर महानगरपालिकाको आह्वानमा विभिन्न युवा समूहको आयोजनामा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया