MENU

समाज

ujyaalo forign call inside

स्वास्थ्य संस्थाका लागि पठाइएको औषधि बाटोबाटै हरायो

मुग, पुस २६ – मुगुका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि पठाइएको औषधि बिच बाटोबाटै हराउन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले वर्षेनी १८ देखि २५ लाख रुपैयाँसम्मको औषधि पठाउने गरेको साथै स्वास्थ्य सेवा विभाग मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जबाट पनि औषधि पठाएपनि सिटामोल समेत नपाएको मुगुका ग्रामीण भेगका बासिन्दाले गुनासो गरेका छन् ।

मुगुकोे पश्चिम क्षेत्र खत्याड भेगका सात वटा गाविसका स्वास्थ्य संस्थामा सिटामोलसम्म नपाइने कोटडाँडा गाविस रिखियाँ गाउँका रतनबहादुर शाहीले बताउनुभयो । केही दिनअघि सोरु भेगका बासिन्दा गाउँमा औषधि नपुगेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराउन पुगेका थिए । जिल्लाका २४ वटा स्वास्थ्य चौकी, ४ वटा एकाइ तथा एउटा प्राथमिक स्वास्थ्य चौकीमा औषधि पठाइरहेपनि निशुल्क औषधि कहाँ हराए भन्ने कुरा पत्ता नलागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सरोज अधिकारीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालबाट ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क पाइने भएपनि सम्बन्धित निकायको लापरवाही तथा अनुगमन नहुँदा मुगुका ग्रामीण भेगका बासिन्दा सुविधा पाउनबाट बन्चित भएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया