MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अफगानिस्तानः श्रृँखलावद्ध आक्रमण, ५१ जनाको मृत्यु

पुस २७ – अफगानिस्तानको राजधानी काबुलसहितका ठाउँमा भएको श्रृँखलावद्ध आक्रमणमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । राजधानी काबुलमा रहेको संसद भवन नजिक दुई वटा बम विस्फोट हुँदा ३० जना भन्दा धेरैको ज्यान गएको छ । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभरनर्स गेष्टहाउसमा भएको विस्फोटमा परि कम्तिमा ११ जनाको ज्यान गएको तथा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले गरेको आत्मघाती बम विस्फोटनमा परि कम्तिमा सात जनाको ज्यान गएको छ । गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्टहाउसलाई लक्षित गरि आक्रमण भएको हो । संसद भवन नजिक व्यस्त समयमा भएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशर्फ घानीले आक्रमणमा संलग्न सबैलाई पक्राउ गरिने दाबी गर्नुभएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया