MENU

अर्थ

USAID

सुन तस्करीको घटनाबारे अर्थ समितिमा छलफल

काठमाडौं, पुस २७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ३३ किलो सुन बाहिरएको घटनाको सम्बन्धमा व्यवस्थापिका–संसद, अर्थ समितिले सुरक्षा निकाय र भन्सार विभागसँग छलफल गरेको छ ।

गएको बिहीबार भन्सार छलेर पिङ्गलास्थान पुर्‍याइएकोसुन केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बरामद गरेपछि विमानस्थलबाट भइरहेको सुन तस्करीबारे छलफल गर्न मंगलबार अर्थ समितिले बैठक बोलाएको थियो ।

बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनिधिले आफूहरुलाई भन्सारको सुरक्षा जाँचमा सहभागी नगराइने गरेकाले सोको जिम्मा भन्सारले लिनुपर्ने बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलको भन्सारमा समेत आफूहरुलाई चेकजाँच गर्ने अधिकार दिइनुपर्नेमा जोड दिनुभयो । 

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारबाही गरिने बताउँदै सो बारे छानबिन समिति गठन गरिएको जानकारी गराउनुभयो । 

अर्थ मन्त्रालय, राजस्व विभागका सचिव राजन खनालले सुन तस्कारको जालो ठूलो रहेको भन्दै सोही कारण केही व्यवसायीले नेपाल राष्ट्र बैंकमार्फत सुन नकिनी तस्करसँग किन्ने गरेको बताउनुभयो ।

छलफलमा अनुसन्धान ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सुन तस्करीको घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिका सदस्य हरिलाल ज्ञवालीले सुन तस्करीबारे मंगलबार प्रारम्भिक छलफल भएको र भोलि पुनः यही विषयमा बैठक बसी निर्णय लिइने जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया