MENU

खेल

Ncell Axiata
USAID

म्यानचेस्टर युनाइटेड लिग कपको फाइनल नजिक

पुस २७ – म्यानचेस्टर युनाइटेड इएफएल कप (लिग कप) फुटबलको फाइनल नजिक पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफमा आन माटा र मारोउएन फेलाइनीले गोल गरे । माटाले ५६ औं मिनेटमा तथा फेलाइनीले ८७ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा माटाले गरेको प्रहार हल सिटीका गोल रक्षक एल्डिन ज्याकुपोविकले रोके भने पउल पोग्बाको प्रहार पोस्ट भन्दा माथिबाट गयो । प्रिमियर लिगमा लिग लिडर चेल्सी भन्दा १० अंक पछि रहेको युनाइटेडका लागि सिजनको महत्वपूर्ण ट्रफी हात पार्ने मौका हो लिग कप । प्रशिक्षक मोरिन्हो आफ्नो नेतृत्वमा टिमलाई अर्को उपाधि दिलाउने लक्ष्यमा छन् । मोरिन्होले युनाइटेडमा आए लगतै कम्युनिटी सिल्डको उपाधि दिलाएका थिए । म्यानचेस्टर युनाइटेड सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा विजयी भएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया