MENU

समाज

Ncell Axiata
NIC Asia

​ग्यास लिक भएर आगलागी, पाँच जना घाइते

पोखरा, पुस २७ – कास्कीको लेखनाथ–८ सिसुवा स्थित डुडाकोमुखमा ग्यास सिलिन्डिर लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।

लेखनाथ–८ शिशुवा का रुकु थापा, महेश थापा, बसन्धरी पौडेल, सरास्वति भन्डारी र लक्ष्मी अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये रुकु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतहरुको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खाना पकाउँदा सिलिन्डर ग्यास  लिक भएर पड्किँदा उहाँहरु घाइते हुनुभएको हो । यस्तै पोखराको बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति आगलागी भएको छ । आगलागीले रेष्टुरेण्ट क्षति भएको छ । काठैकाठले निर्मित रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजुले एक वर्षअघि सुरु गर्नुभएको थियो ।

पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टका तीनवटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, गण, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा आगो नियन्त्रणमा खटिएका थिए । आगोलागीबाट दुईवटा मोटर साइकल पनि जलेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​सोलुखुम्बुको बागमको एक घरमा आगलागी

    सोलुुखुम्बु, पुस २ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ बागमको एक घरमा आगलागी हुदाँ झण्डै ७० लाख बराबरको क्षति भएकोे छ । नीय तेन्डि शेर्पाको घरमा शनिबार बेलुका ग्यास लिग भएर आगलागी हुदाँ यति क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

  • लिफ्ट मागेर मोटरसाइकल चढेका सुनारको खसेर मृत्यु

    काठमाडौं, पुस २ – काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • भारत पस्दै छन् १४ वर्षका कमलदेखि ६५ वर्षका गम्भीरेसम्म

    बैतडी, पुस २ – बैतडीको गाठालापानीमा मानिसको लस्कर भेटियो । उनीहरु आराम गरिहेका थिए । तीनै मध्येका एक थिए, कमल बोहरा । उनको उमेर १४ वर्ष भयो ।

  • खाेलामा माछा मार्न जाँदा करेन्ट लागेर मृत्यु

    नुवाकोट, पस १ – लिखु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । अवैद्य रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दा शिवपुरी गाउँपालिका–६ समुन्द्रदेवीका वीरबहादुर तामाङ ज्यान गएको प्रहरीले जनाएको छ ।

  • जाजरकोटमा बनाउँदै गरेको घर भत्किँदा एकको मृत्यु

    जाजरकोट, पुस १– जाजरकोटमा बन्दै गरेको घर भत्किँदा कुशे गाउँपालिका ६ छहरा गाउँमा एक महिलाको ज्यान गएको छ । घर भत्किँदा शुक्रबार साँझ कुशे गाउँपालिका –३, की ४८ वर्षीया दुर्गा बुढाको ज्यान गएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया