MENU

अन्तर्राष्ट्रिय

USAID

अमेरिकाः ९ जना अश्वेत व्यक्तिको हत्या गर्ने रुफलाई मृत्युदण्ड दिइने

पुस २७ – अमेरिकाको साउथ क्यारोलिनामा गएको ९ जना अश्वेत व्यक्तिको ज्यान हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने भएको छ । साउथ क्यारोलिनाको जिल्ला अदालतमा भएको बहसमा १२ जना न्यायाधीशको जुरीले सन् २०१५ को जुन १७ मा अन्धाधुन्ध गोली प्रहार गरी ९ जना अश्वेत व्यक्तिको हत्या गर्ने डेलन रुफलाई मृत्युदण्ड दिइनु पर्ने बताएका हुन् ।

गोरा जातिको विशेष महत्व रहेको बताउने २२ वर्षका रुफले सन् २०१५ को जुन १७ मा ऐतिहासिक ब्ल्याक चार्लस्टोन चर्चमा आक्रमण गरेका थिए । १० महिला र दुई पुरुष सदस्य रहेको रहेको जुरीलाई निर्णयमा पुग्न तीन घण्टा छलफल गर्नुपरेको थियो ।

न्यायाधीश रिचार्ड गर्गेलले बुधबार रुफ विरुद्ध मृत्युदण्डको औपचारिक फैसला सुनाउनु हुनेछ । आफूविरुद्ध मृत्युदण्डको फैसला हुने थाहापाएपछि अदालतमा उपस्थित रुफले आफूले नयाँ वकिल पाउनु पर्ने र मुद्दाको पुनरावलोकन हुनु पर्ने बताएका थिए ।

न्यायाधीश गर्गेलले भने यस विषयमा रुफले बुधबार आफ्नो विचार राख्न पाउने बताउनुभयो । रुफले प्रहरीसँग जातिय युद्ध सुरु गर्न चाहेको बताएको सिएनएनले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • साइकल विवाद : अखिलेशले जिते, मुलायम सिंह के गर्लान् ?

    माघ ४ – भारत उत्तर प्रदेशको सत्तारुढ पार्टीको आन्तरिक विवादमा अखिलेश यादव खेमाले औपचारिक मान्यता पाएको छ । विधानसभा चुनाव नजिकिँदै जाँदा सत्तारुढ समाजवादी पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

  • अमेरिकी कम्पनीले गान्धीको तस्बिर भएको चप्पल बनाएपछि भारत रुष्ट

    भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल अनलाइन सप अमेजनमा सार्वजनिक भएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो ।

  • घरमा ठोक्किएर विमान दुर्घटना, ३२ जनाको मृत्यु

    माघ ३ – किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।

  • ‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

    माघ ३ – अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिनुभएको छ ।

  • ब्राजिलः जेलमा झडप, १० जनाको मृत्यु

    माघ २ – ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदीबन्दीबिच झडप भएको हो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया