MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

एक वर्षमा झण्डै ४७ करोडको खुर्सानी

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, पुस २७ – तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खुसार्नीको खेती गर्न थालेका हुन् । अकबरेबाट आम्दानी पनि राम्रो हुने गरेको किसानको भनाई छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष  झण्डै ४७ करोड रुपैयाँ बराबरको अकबरे खुर्सानी उत्पादन भएको छ । जिल्लाका किसानले २० हेक्टर जमिनमा लगाएको अकबरे खेतीबाट यो वर्ष ३ सय १२ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको हो । अकबरे खुर्सानीको खुद्रा मूल्य अहिले किलोको १ सय ५० रुपैयाँ छ । यस हिसाबले जिल्लामा यो वर्ष ४६ करोड ८० लाख रुपैयाँ भन्दा बढीको खुर्सानी उत्पादन भएको हो । 

बजारमा अकबरे खुर्सानी न्युनतम एक सयदेखि चार सय रुपैयाँ सम्ममा किनबेच हुने गरेको छ । यो वर्ष अघिल्लो वर्ष भन्दा ६२ मेट्रिक टन बढी अकबरे उत्पादन भएको कार्यालयका बागवानी विकास अधिकृत दीपा देवले जानकारी दिनुभयो । ‘गाउँ–गाउँमा अकबरेको व्यावसायिक खेती सुरु भएपछि यो वर्ष उत्पादन बढेको हो’ उहाँले भन्नुभयो ।

जिल्लामा अलैँची र अदुवापछि  बढी खेती गरिने नगदेबाली अकबरे खोर्सानी हो ।  परम्परागत शैलीमा खेती गर्दै आएका किसानहरु भारतीय बजारबाट समेत अकबरेको माग आउन थालेपछि अझ उत्साहित बनेर व्यावसायिक खेतीमा लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको कुल उत्पादनको ४५ प्रतिशत पूर्वका विभिन्न बजार हुँदै भारततर्फ निकासी हुने गरेको छ । बाँकी उत्पादन जिल्लाका विभिन्न बजार र किसानको आफ्नो प्रयोजनमा खपत हुने गरेको उहाँले बताउनुभयो । 

सिँचाई समस्या हुने र अन्य खेतीमा बढी श्रम पर्ने भएकाले पनि किसानको ध्यान व्यावसायिक खुर्सानी खेती तर्फ गएकोे हो । किसानले अकबरेको अचार बनाएर समेत बेच्ने गरेका छन् । बजारको समस्या नरहेकाले पनि आफूहरु उत्साहित भएको किसानले बताएका छन् ।

‘बजारको समस्या छैन’ ओयाक्जुङकी किसान मालती जोगीले भन्नुभयो, ‘आत्म विश्वासका साथ व्यावसायिक रुपमा खेती गरे खुर्सानीबाट पनि राम्रो आम्दानी हुने रहेछ ।’ उहाँले ९ सय ५० वटा बिरुवा किनेर अकबरेको व्यावसायिक खेती सुरु गरेकोमा अहिले यो संख्या बढाएर १२ सय पु¥याउनुभएको छ । अहिले धान तथा मकै फल्ने खेतबारीमा किसानले अकबरेको खेती थालेका छन् । 

जिल्लाका सबै गाविसमा छिटपुट खेती भएपनि दुवै नगरपालिकासहित १० भन्दा बढी गाविसमा भने व्यावसायिक रुपमा अकवरे खुर्सानीको खेती गर्ने क्रम बढेकोे कृषि विकास कार्यालयले जनाएको छ । ओयाक्जुङ, फाक्चामारा, पञ्चकन्या, सुदाप, ओखे्र, छातेढुङ्गा, हमरजुङ, सिम्ले र खाम्लालुङ गाविसमा अकबरेको व्यावसायिक खेती भइरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया