MENU

मनोरञ्जन

USAID

टेरिया ‘झलक दिखला जा’को उपाधि नजिक

भवानीप्रसाद पाण्डे/उज्यालो । 

रुपन्देही, पुस २७ – रुपन्देही रुद्रपुरकी टेरीया फौजामगर भारतीय टेलिभिजन कलर्सको चर्चित ‘रियालिटी सो–झलक दिखला जा’ को उपाधि नजिक पुगेकी छन् । यसअघि उनले सन् २०१४ मा ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को उपाधि जितेकी थिइन ।

१४ वर्षकी टेरियाले ‘झलक दिखला जा’ को उपाधि जितेमा पुरस्कार स्वरुप ३० लाख भारतीय रुपैयाँ र एउटा कार प्राप्त गर्ने छिन । टेरियाले भारतीय डान्सर एवं ‘झलक दिखला जा’  का पूर्व विजेता सलमान युसुफ खान र वर्ल्र्ड हिपहपका विजेता सानतनु महेश्वरीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्दैछिन् ।

गएको जुलाईमा सुरु भएको ‘झलक दिखला जा’ मा टेरिया वाइल्ड कार्डमार्फत प्रवेश गरेकी हुन् । उनले डिआइडी लिटिल मास्टरको उपाधि विजेता भएकाले च्यालेन्जरको रुपमा प्रवेश पाएकी हुन । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ देखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदैछ । 

टेरिया फौजा मगर फाउण्डेसनका अध्यक्ष एवं टेरियाका हजुरबुवा कृष्ण फौजा मगरले आफ्नो प्रतिभाका कारण उपाधि नजिक पुगेकी टेरियालाई ‘झलक दिखला जा’को उपाधि दिलाउनका लागि एसएमएस र अनलाइन भोटिङ गर्न आग्रह गर्नुभएको छ । हरेक शनिबार नेपाली समय अनुसार राति सवा दश बजे कलर्स टेलिभिजनमा यो कार्यक्रम प्रशारण हुने गर्दछ ।

४० हजार प्रतिस्पर्धीलाई पछि पारेर डिआइडी लिटिल मास्टर बनेकी टेरियाले अर्को चर्चित उपाधि जित्नेमा हुजुरबुवा कृष्ण ढुक्क हुनुहुन्छ । प्रतिभावान आफ्नी नातिनी टेरियालाई देशकै नामका लागि पनि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाई छ । 

टेरीयाले सुरुमा नृत्य प्रशिक्षण लिएको बागेश्वरी संगीतालय बुटवलका प्रमुख सुरेश सेञ्चुरीले टेरीया कला क्षेत्रको शान भएकाले उनलाई अर्को उपाधिका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । टेरीयालाई उपाधि दिलाउन सहयोग पुराउने उदेश्यले विभिन्न अभियानहरु समेत सुरु भएका छन् । उपाधि विजेताको घोषणा जनवरी २१ मा हुनेछ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया