MENU

अन्तर्राष्ट्रिय

USAID

ओबामाको विदाई सम्बोधनः अमेरिका बलियो र थप एकीकृत

पुस २७ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको बताउनुभएको छ । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व समहाल्नु पूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको बताउनुभयो । पहिले विभाजित अवस्थमा रहेका विभिन्न क्षेत्र, वर्ग तथा समुदायका अमेरिकीले एकअर्काको विषयमा सोच्न थालेको ओबामाको भनाई छ । सिकागोमा भएको कार्यक्रममा उहाँले भन्नुभयो ‘हामीले सबैको कुरा सुन्नु पर्छ र चासो पनि दिनुपर्छ ।’

सन् २००८ मा पहिलो पटक निर्वाचित हुनुभएका ओबामामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुनुहुन्छ । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका डोनाल्ड ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दरता रहेको ओबामाको भनाई छ । अमेरिकी प्रजातन्त्रले भाव बिना काम नगर्ने भएकाले त्यसलाई ख्याल गर्न उहाँले ट्रम्पसँग आग्रह गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया