MENU

मनोरञ्जन

USAID

निर्माताले होइन कलाकारले दैनिक कपडा फेर्ने हैसियत बनाएका छन् : निर्माता माधव वाग्ले

काठमाडौं, पुस २७ – यतिवेला निर्माता माधव वाग्लेका तीनवटा चलचित्र रिलिजको तयारीमा छन् । लभ सासा यहि पुस २८ गते रिलिज हुँदैछ भने लुट २ फागुन १३ देखि प्रदर्शन हुँदैछ । 

त्यस्तै उनको अर्को चलचित्र  लालपूर्जा बैशाख २९ मा रिलिज हुँदैछ । यी तीन चलचित्र मध्ये माधवले ‘लुट २’ बाट धेरै आशा राखेका छन् । ‘लुट २’ बाट चलचित्र छक्का पञ्जाले राखेका सबै रेकर्डहरु तोड्ने सोच सहित माधव अघि बढेका छन् । लुटको पहिलो सिक्वेलले नेपाली सिनेमाको धारलाई नै परिवर्तन गरिदिएको थियो जसबाट नेपाली सिनेमामा नयाँ धार र पुराना धारको चर्चा सुरु भयो  । लुट २ को ट्रेलरले रिलिज भएदेखि नै किर्तिमान राख्दै आएको छ ।  चलचित्र छक्का पञ्जाले लगभग १८ करोड कमाई गरे पनि निर्माताको हातमा ६ देखि ७ करोड मात्रै पर्ने चलचित्र वृत्तमा हल्ला छ । यो हल्लालाई आधार मान्ने हो भने ४ देखि ५ करोड व्यापार गरेको सिनेमाले लगानी मात्रै उठाउने देखिन्छ । 

बाँकी आम्दानीका धेरै रकम हलसञ्चालक र वितरकले खाने भए पछि निर्माता माधव वाग्लेले असन्तुष्टि जनाएका छन् । चलचित्रको कमाईको एकदमै कम रकम निर्माताले पाउने भएकै कारण हुनु पर्छ उनी सिनेमाको ट्रेलरले राम्रो प्रतिक्रिया पाउदा पनि खुशी हुन सकेका छैनन् । हलवाला र वितरकहरुले राम्रो नियम नबनाउँदा निर्माताहरु घाटामा परेको माधवको भनाई छ । 

उनले यही असन्तुष्टी हामी माझ यसरी पोखेका थिए, ‘चलचित्र क्षेत्रको ६० वर्षको इतिहासको कुरा गर्ने हो भने बल्ल चलचित्रले दर्शकको माया पाउन थालेको छ । तर राजनीतिले यो क्षेत्रलाई सफल हुन दिएको छैन । हलवाला र वितकहरुले राम्रो नियम नबनाईदिँदा निर्माता मर्कामा परेका छन् । कलाकार, लोकेशन, निर्देशक, प्राविधिक सबैको पारिश्रमिक बढेको छ तर निर्माताको बढेको छैन । निर्माताको त सन् २००९ मा चलचित्र निर्माण गर्दा र अहिलेको अवस्था एउटै छ । तर कलाकारको कुरा गर्ने हो भने २००९ मा २५ हजार लिनेले अहिले १० लाख लिन्छ ।  निर्माताले कपडा नै फेर्न पाएको छैन तर कलाकारले दैनिक कपडा फेरिरहेका छन् ।’

उज्यालो र forseenetwork को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया