MENU

अर्थ

USAID

प्रस्तोता समाजद्वारा एनसेल सम्मानित

काठमाडौं, पुस २७  – मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालले सम्मान गरेको छ । 

आरबिटी रिङ्ग ब्याक टोन सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेको भन्दै प्रस्तोता समाजले एनसेललाई सम्मान गरेको हो ।

प्रस्तोता समाजका तर्फबाट अध्यक्ष हेमन्त शर्माले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सम्मानसहित कदरपत्र हस्तान्तरण गर्नुभयो । दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोहमा प्रस्तोता समाजले एनसेलबाट प्राप्त चार महिना (जुलाई देखि अक्टोबर २०१६) को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ । रोयल्टी स्वरुप प्राप्त गरेको रकमका आधारमा गायिका अन्जु पन्तले चार महिनामा सबैभन्दा धेरै १ लाख ४४ हजार २ सय ९९ रुपैयाँ रोयल्टी पाउनु भएको छ । गायक प्रमोद खरेलले ८५ हजार १४५ रोयल्टी प्राप्त गर्नुभएको छ भन गायिक विष्णु माझीले ५६ हजार ५६४ रुपैयाँ रोयल्टी पाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी विकास समितीका सभापति रविन्द्र अधिकारीले रोयल्टी अन्य क्षेत्रबाट पनि उठाउनु पर्ने र यो नयाँ युगको सुरुवात भएको बताउदै एनसेललाई रोयल्टी संकलनको प्रणालीमा आएकोमा विषेश धन्यवाद दिनुभयो ।

गायक गायिकाको तर्फबाट बोल्दै गायक स्वरुप राज आचार्यले सो रोयल्टी वितरण समारोह साँच्चै नै ऐतिहासिक रहेको र नेपालमा छोटो समयमा नै रोयल्टी सम्बन्धि जनचेतना आएको बताउनुभयो ।

‘एनसेलले आरबिटी रोयल्टी बापत चार महिनामा बुझाएको रकम हामीले वितरण गरेका छौ’ प्रस्तोता समाजका अध्यक्ष शर्माले भन्नुभयो ‘यो गायक गायिका प्रस्तोताहरु प्रति गरिएको सम्मान र उहाँहरुलाई दिईएको प्रोत्साहन हो ।’

समारोहमा वरिष्ठ गायक गायिका, स्रष्टा, वाद्यवादकहरुलाई पनि सम्मान गरिएको छ । प्रस्तोता समाजले वरिष्ठ गायक प्रेमध्वज प्रधान, भजन शिरोमणी भक्तराज आचार्य, वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गायक पूर्ण नेपाली, वरिष्ठ गायिका तिर्थ कुमारी थापा, वरिष्ठ वाद्यवादक सुशीला अमात्य लगायत १० जनालाई जनही १० हजार ५ रुपैयाँ सहित सम्मान तथा कदर पत्र प्रदान गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया