MENU

राजनीति

Ncell Axiata
chhaka panja

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

काठमाडौं, पुस २७ – शिव सेना नेपालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा बुधबार १०८ मिटर लामो माला चढाएको छ ।

तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उहाँको २५५ औँ जन्मजयन्ती मनाएको हो । विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । 

यस समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । 

समाजका संस्थापक अध्यक्ष डा. उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको देशमा बस्ने नेपालीले उहाँलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताउनुभयो । 

राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उहाँको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । 

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताउनुभयो । शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । 

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो भन्नुभयो । 

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

​पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​जलेश्वर नगरपालिकामा राजपा विजयी

    महोत्तरी, असोज ७ - महोत्तरीको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर राष्टिय जनता पार्टी निर्वाचित भएको छ । राजपाका रामशंकर मिश्रले ५१८० मत ल्याएर जलेश्वरको मेयरमा विजयी हुनुभएको छ भने उपमेयरमा राजपाकै मुनसुनदेवी ४५६६ मतसहित विजयी हुनुभएको छ ।

  • प्रदेश नं २ : ९९ तहको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

    काठमाडौं, असोज ७ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेपाल संघीय समाजवादी र नयाँ शक्तिले प्रमुख पद जितेका छन् ।

  • रौतहटका दुई स्थानीय तहको नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो नतिजा

    रौतहट, असोज ७ – रौतहटका १८ स्थानीय तहमध्ये १६ वटाको मतपरिणाम सार्वजनिक भैसकेको छ । कांग्रेसले ८, संघीय समाजवादी फोरमले ३, माओवादीले २, राजपाले २ तथा लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेका छन्

  • वीरगञ्ज महानगरको पछिल्लो परिणाम, कांग्रेसको अग्रता, माओवादीभन्दा एमाले अघि

    पर्सा, असोज ७ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ३२ हजार ९ सय ५४ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।

  • प्रचण्डको चुनाव क्षेत्रमा माओवादीको जित

    सिरहा, असोज ७ – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित सिरहाको तत्कालिन क्षेत्र नं. ५ का सबै स्थानीय तहमा माओवादी केन्द्रले एकछत्र विजय हासिल गरेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया