MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

‘जुन दिन काम गर्न सक्दिन, त्यो दिन नदीमा हाम फालेर मर्नु पर्ला’

जलविर दमाई – 

‘के गर्नु आफ्नो जन्मभूमिको माया त लाग्छ नि, घरबार भएको मान्छे, गाउँका आफन्तहरुको सम्झना आँउन्छ । त्यो सानो गाउँमा आफ्नै मेहनतको कमाइले जसो तसो छोरा छोरी सबैको लालनपालन गरेकै थिए । विहान बेलुका सिलाइ कटाइको काम गर्थे । सानो झोपडी थियो । त्यो छोपडीमा मेरो ६ जनाको परिवार थियो । सानो खेतबारी र पाखो जमिन पनि थियो । एक छाक खान त्यो सानो जमिनले धानेकै थियो ।’  २०५२ सालमा उहाँले त्यो चिटिक्क परेको घर, जग्गा जमिन, गाउँले आफन्त सबैको माया मारेर गाउँ बाट हिँडे । धेरै समयसम्म त गाउँमै बसे । आफू सिलाइ कटाइ काम गर्ने भएका कारणले तत्कालीन सरकार पक्ष र विद्रोही पक्षले फरक दृष्टिले हेर्न थाले । यता सरकार पक्षका सेना तथा पुलिसले माओवादी हो भन्ने र गाँउलेका कपडा सिलाइ रहेका बेला पनि माओवादीका कपडा सिलाएको भन्दै आरोप लगाउने र माओवादी हो भनेर हप्काउने मार्नेसम्म धम्की दिने । उता माओवादीले पनि सरकारको मान्छे हामी यहाँ आएको सुराकी सरकारलाई गर्छ भन्दै हप्काउने र मार्नेसम्म धम्की दिए ।  

धम्की त धेरै दिन सहेर बसे, श्रीमती छोरा छोरी सबैलाई त्यस्तै गर्न थाले । एक दिन सरकार पक्षले मार्ने धम्की दिने र अर्को दिन माओवादी पक्षले मार्ने धम्की दिने । धेरै पटक कुटाई पनि खाँए, दबै पक्षबाट मैले मात्र हैन, ससाना बालबालिका र श्रीमतीलाई पनी बेस्सरी कुटे दुबै पक्षले । 

अनि कसरी बस्न सकिन्थ्यो र गाँउमा ? शान्तसँग बस्न सक्ने स्थिती भएन । दिन प्रतिदिन द्धन्द चर्किदै गयो । दुबै पक्षले गर्ने त्यो व्यवहार मलाई मात्र गरे त केही थिएन, स–साना केटाकेटी र श्रीमतीलाई दुबै पक्षले दुःख दिन थाले ।  

यहाँ बस्नु भन्दा भिख मागेर बजार मा खानु ठिक छ भन्ने ठानेर लगाएको खेतीपाती, घर जग्गा, भाँडा कुँडा सबै त्यागेर विस २०५२ सालमा घर बाट निस्कीए, केवल लत्ताकपडा, दुई छोरा दुई छोरी र श्रीमती । आफु रातारात घर छोडेर हिँडियो । नेपालगञ्जमा तीन दिन बसे, घरबाट ल्याएको सानो तिनो सातु–सामल खाएर सडकमा रात काटियो, त्यहाँ पनी सरकार पक्षले माओबादी सुराकी गर्न आएको भनेर सबै लाई मार्ने धम्की दिनपछि परेनन् । त्यो बेलामा केही जवाफ दिँदा ज्याननै मानर््ा सक्छ भन्ने डरले केही बोल्न सकिन । दुई हात जोड्दै ज्यानको भिख माग्नुको विकल्प थिएन मसँग । 

चौथो दिन नेपालगञ्जकै बजारमा काम  खोज्दै जाँदा एक जना ठेकदार फेला परे । उहाँसँग काम दिनुन भने । उहाँले बझाङमा म ठेक्का पट्टा गर्छु, तपाई बझाङमा गएर काम गर्न सक्नुहुन्छ भन्नुभयो । मैले हुन्छ भने  र मेरो सबै कथा सुनाए । त्यो ठेकदारले मलाई बझाङसम्मको गाडी भाडा, बाटोमा खान खर्च सबै दियो र म बझाङ पुगे । ठेगदारको नाम मैले ठ्याकै बिर्षिए । बझाङको गडराय गाविसमा नहर बनाउनु पर्ने थियो झण्डै एक बर्ष त्यही ठेगदारसँग काम गरेँ, केटाकेटी श्रीमतीसँगै राखेर । यसरी नै जिविका चल्दै गयो ।

त्यहाँबाट सदरमुकाम चैनपुर आएँ । कहिले काँही चैनपुर आइरहन्थँे । नहरको काम सक्किएपछि ठेकदारसँग चैनपुर आएँ । त्यसपछि त्यतै डेरा लिएर बस्न थाले‌ । श्रीमतीले गिट्टी फुटाउन थालिन्, मैले पनि त्यस्तै काम गर्न थालँे । यसैबाट जिविका चलाउन थालेँ ।  

म आउँदा चैनपुर सानो  थियो, अहिले त विशाल भैसक्यो । त्यती बेला मसिनो चामलको १५ रुपैयाँ किलो किन्नु पथ्र्याे तर अहिले त्यही मसिनो चामलको ७० रुपैयाँ किलो पर्छ । 

२१ वर्ष पूरा भयो गिट्टीको भरमा नै परिवार चालउँदै छु । २००१ सालको जन्म हो । उमेरले पनि ७३ वर्ष भैसक्यो । खै शान्ति सम्झौता भयो । देशमा शान्ति भयो । मैले घर फर्किन सकिन । अब घरमा गएर के नै गर्नु छ र ? भएको जमिन जति सबै बाँझो छ, घर छैन, घर बनाउने आफूसँग पैसा छैन, घरमा गएर के खाने ? कमाउने उमेरमा बिचल्ली परियो । अब त गर्ने शक्तिनै छैन जीउमा । साथमा भएका केटा केटीलाई के खुवाउने ?

रोल्पा गएर के काम गर्ने ? पैसा पनि छैन । यहाँ दिन भर गिट्टी फुटाएर बिहान बेलुका छाक टार्न त धौ धौ छ । अहिले त अलि अलि काम गर्न सकिराखेको छु । गिट्टी फुटाएर छोराछोरी श्रीमतीसहित ६ जनाको परिवार जसो तसो पालैकै छु । छोराछोरी सबैले गिट्टी नै फुटाउने काम गर्छन् । छोराछोरीलाई विद्यालय पठाउने सोच त थियो तर के गर्नु आङमा लगाउन कपडा र पेट भर्न अन्न छैन, विद्यालय टाढाको सपना भयो । मन त हुन्छ नि घर जाने । आफ्नै घरमा बस्ने, पूरानो पेसा सिलाइ कटाइ गर्ने । त्यो त अब सपनाको कुरा मात्र हो । त्यो सपना अब पूरा हुँदैन । बस्ने घर छैन,  भएको जमिन बाँझै छ, त्यो पनि छ कि छैन,  आफू काम गर्न सक्ने स्थिती छैन र आफूसँग घर बनाउने पैसा पनि छैन त्यो भन्दा यतै ठिक छ जुन दिन काम गर्न सक्दैन त्यो दिन नदीमा नै हाम फालेर मर्नु पर्ला ।   

पूरानो त्यो रोल्पाको आफ्नो घर, त्यो सानो गाउँ सम्झन्छु, आफूसँगका साथीहरुलाई सम्झन्छु, कति बेला त आफैं रुन्छु । सरकारले मेरा लागि के नै गर्यो र ? बस तत्कालीन माओवादी पक्ष र सरकार पक्षले गाउँमा बस्न दिएनन् । भएको घरबार सबै अस्तब्यस्त बनाइ दिए । अहिले कस्ले सुन्छन् र हाम्रा कुरा । बाँकी जीवन के हुन्छ । आफैंलाई थहा छैन । बस बुढेसकालमा यत्ती धोको छ आफ्नै जन्म भूमिमा मर्न पाँऊ । 


(रोल्पाको जेलवाङ –३ का ७३ वर्षे जलविर दमाईसँग उज्यालोकर्मी डीबि विष्टले गर्नुभएको कुराकानीमा आधारित) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

  • हैजा सधैँ काठमाडौं उपत्यकामा नै किन ?

    यो वर्ष पनि ललितपुरमा हैजा देखिएको छ । अघिल्लो वर्ष पनि ललितपुरमा हैजाका बिरामी भेटिएका थिए । ललितपुर, भक्तपुर र काठमाडौं यी सबै काठमाडौं उपत्यका भित्रैका जिल्ला हुन् । विगतमा अक्कलझुक्कल काठमाडौं उपत्यका बाहिर प्रकोपको रुपमा हैजा देखिने गरे पनि उपत्यकाभित्र भने हैजा सदाबहार रोग जस्तै बनेको छ ।

  • जन्म दिएर चटक्कै छोड्यौ आमा

    आमाको माया कस्तो हुन्छ ? आमा नहुँदा कतिपटक रुनुपर्दो रहेछ ? यो त केवल आमा गुमाइसकेकालाई मात्र थाहा हुन्छ । हेर्दाहेर्दै ६ वर्ष पुगेछ आमाले हामीलाई छोडेर जानुभएको । आमा गुमाउँदा दूधे बालक रहेको भाइ पनि अहिले ६ वर्षको भैसक्यो ।

  • सधैं मृत्यु जितेर फर्केको सुनाउने उनी मृत्युसँग हारे

    ‘........ठूलो रिस्क लिएँ दाजी’ स्टुडियोमा छिरिसकेर कुर्सीमा बस्दै गर्दा उनले भने, ‘नाम त कमाएँ तर सम्झिँदा कहाली लाग्छ कत्रो रिस्क लिएँ भनेर ।’ हो पनि सञ्जयको त्यो रिस्कलाई अति महत्वकांक्षा, ढिपी र हावा कुरा पनि भन्ने गरिएको थियो ।

  • तराई मधेसको भूराजनीति र राजपाको स्वार्थ

    उत्तरतिर रहेको ‘इन्डो गंगेटिक’ मैदान, जहाँ हाम्रो तरार्इ अबस्थित छ । यसको क्षेत्रफल ३३९९८.८ वर्ग किलोमिटर र पुरै नेपाल हिसाब गर्दा २३.१५ भूभाग ढाकिएको क्षेत्र नै हाम्रो तराई – मधेस हो । यो हिन्द कुश हिमालयन क्षेत्र हो । नदी किनारमा मानवीय वस्ती विकसित भएको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया