MENU

समाज

Ncell Axiata

अवतरण गर्दै गर्दा बिमानको टायर पञ्चर

मुगु, पुस २७ - बाँकेको नेपालगञ्ज विमानस्थलबाट आएको गोमा एयरको ट्वीनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

अवतरणका क्रममा विमानको पछाडीपट्टिको एउटा टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । विमानमा १५ जना यात्रु थिए । जहाजको टायर मात्र पञ्चर भएको र अन्य कुनै समस्या नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालगञ्जबाट तारा एयरको विमानमा आएका गोमा एयरका प्राविधिकले ल्याएको टायर फेरेपछि गोमा एयरको विमान दिउँसो नेपालगञ्ज फर्केको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया