MENU

राजनीति

USAID

माओवादीले अहिले कुकुरको मासु बेचेको छ : एमाले सचिव भट्टराई

दाङ, पुस २७ – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले खसीको टाउको देखाएर कुकुरको मासु बेचेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले बुधबार तुल्सीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो ‘युद्धमा रहँदा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसद मान्दैनौ भन्ने माओवादी आफैंले अहिले कुकुरको मासु बेचेको छ ।’ 

सचिव भट्टाराईले निर्वाचनको प्रकृया अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले संविधानले तोकेका बाहेकका अन्य विषयमा संसद्मा छलफल गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो । संविधान संशोधन प्रस्तावले जनताको बलबाट हाँसिल गरेको उपलब्धी खोसिने खतरा बढिरहेको जिकिर गर्दै उहाँले समयमै सोचिएन भने देशमा ठूलै दुर्घटना  हुने दाबी गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड अधिनायकबादी बन्दै गएको भन्दै सचिव भट्टराईले प्रचण्डपथ अधिनायकबादी पथ भएकोले उहाँले कानुन, नीति नियम सबै मिचेर अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो ।

हिन्दी भाषा नेपालको राष्ट्रिय भाषा हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो ‘एमाले भन्ने पार्टी रहँदासम्म भोजपुरी, मैथली, अवधी, राई, थारु, लिम्बु, मगर, किराँतलगायतका अन्य भाषाहरु सरकारी कामकाजको भाषा हुनसक्छन् । तर, हिन्दी भाषा राष्ट्रिय भाषा हुन सक्दैन ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया