MENU

खेल

USAID

नेपाली क्रिकेटर करोड रुपैयाँमा बिक्ने दिन टाढा छैन

काठमाडौं, पुस २७ – आउँदो चैत ५ गतेदेखि सुदूरपश्चिमको धनगढीमा हुने धनगढी प्रिमियर लिग अर्थात डिपिएल क्रिकेटका लागि गएको शनिबार खेलाडी किनबेच भयो । 

काठमाडौंमा भएको अक्सन अर्थात बोलकबोलमा खेलाडी किन्न ६ वटा टिमले ४६ लाख ८५ हजार रुपैयाँ खर्च गरे । खेलाडी किनबेचका लागि सबैभन्दा धेरै विनोद भण्डारी क्याप्टेन रहेको कन्चनपुर आइकनिकले ८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । 

सागर पुन, सोमपाल कामी, करण केसी र मेहवुव आलम सबैभन्दा धेरै १÷१ लाखमा अनुबन्ध भए । एउटा सहरमा केही व्यक्तिको प्रयासले सुरु हुन लागेको यति ठूलो क्रिकेट प्रतियोगितालाई कसरी सम्पन्न होला भनेर धेरैले चासो पनि राखेका छन् । सुदूरपश्चिमको धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागिपरेका अभियन्ता सुवास शाहीले नै धनगढी प्रिमियर लिग डिपिएल को अग्रसरता लिएका छन् । डिपिएलका आयोजक सुवास शाहीसँग अर्जुन पोख्रेलले कुराकानी गर्नुभएको छ । 

नेपालको इतिहासमै क्रिकेट खेलाडीको किनबेच भएको छ, त्यो पनि तपाईंकै पहलमा । कत्तिको उत्साहित हुनुहुन्छ ?

– खुसीको त सीमा नै  छैन् । नेपालमा पनि क्रिकेट खेलाडी अक्सनको माध्यमबाट ब्यावसायिक क्रिकेट खेल्न गैरहेका छन् । डिपिएलमा सानो रकमबाट सुरु गरेका प्रतियोगिता यहाँसम्म आइपुगेको छ । अब यसलाई सहरहरुको नामबाट किन प्रतिस्पर्धा नगराउने भनेर हामी लागेका छौं, र सफलताको संघारमा पनि छौं । सहरको नाम राख्दा अपनत्व बढ्छ  भनेर सहरका नामबाट डिपिएलमा खेल्ने टोलीको नाम राखिएको हो । 

काठमाडौं भन्दा बाहिरको एउटा सहरले यति ठूलो प्रतियोगिता आयोजना गर्नको लागि कत्तिको संघर्ष गर्नुपर्‍यो नि ?

– हेर्नुस् हामीले केही कुरा गर्न सक्छौं भनेर भित्री मनदेखि चाह्यौ भने नसकिने केही पनि छैन । आफ्नो सोचाईलाई विश्वास गर्ने हो भने त्यसले असम्भव कुरालाई पनि सम्भव बनाइदिन्छ । यो त हाम्रो सानो प्रयास मात्र त थियो नि । विभिन्न समयमा हामीले विभिन्न प्रतियोगिताको गरेका थियौ ।

प्रतियोगिताको स्तर बढाउँदै जाँदा विभिन्न अफ्ठेरा त आए तर हामीले पार लगायौं । किनकी ठूलो उपलब्धी पाउन ठूलै चुनौति पार गरेर जानुपर्छ । यो त सुरुवात मात्रै हो, हामीले गर्नुपर्ने धेरै छ ।

व्यक्तिगत रुपमा दौडधुप चाँही कत्तिको गर्नुभयो ?

 – हाम्रो यो यात्रा एसपिएकप सन् २०१० बाट सुरु भएको थियो । विजेता टोलीले २५ हजार रुपैयाँ पाउने र समग्र बजेट ४ लाख रुपैयाँ हुनेगरी त्यो बेला प्रतियोगिता भएको थियो । एसपिएलको चार वटा संस्करण र डिसिएलका तीन वटा संस्करण हुँदै हामी यहाँ आइपुगेका छाै‌ ।

६ वटा टोलीले झण्डै ४७ लाख रुपैयाँ र खेलाडी किन्नमै खर्च गरे । त्यसबाहेक तपाईंहरुलाई प्रतियोगिताको लागि प्रायोजक खोज्नुपर्‍यो  । धेरै प्रायोजक छन् । प्रायोजक जुटाउन कत्तिको सजिलो थियो त ?

– हिजो दिनमा क्रिकेटमा लगानी र प्रायोजक खोज्न जति गाह्रो थियो । अहिले त्यस्तो छैन । क्रिकेटमा पैसा खन्याउने व्यापारी पनि जन्मेका छन् । त्यो माथि धनगढी क्रिकेटको सहर बन्ने प्रक्रियामा छ, त्यसको लाग त्यहाँका व्यापारी लगानी गर्न तयार छन् । हाम्रो कामसँग जोडिदा, हाम्रो कामलाई जोडेर ब्रान्ड स्थापित गर्दा उनीहरु साँच्चै खुसी छन् । 

अहिले क्रिकेटमा लगानी गरेमा त्यसको कयौं गुणा धेरै प्रतिफल पाउनेमा व्यापारिक घराना ढुक्क छन् । हिजो जतिधेरै कन्भिन्स गर्नुपथ्र्यो आज त्यस्तो छैन । सजिलो छ । हामीसँगै प्रायोजन गर्ने कम्पनी त छँदैछन्, ६ वटा टोलीसँग पनि धेरै प्रायोजक जोडिएका छन् । अहिले नै हेर्नुहोस हरेक टोलीले खेलाडी किन्न र ब्यवस्थापनको लागि ७५ लाख रुपैयाँसम्म खर्च गर्दैछन् । यो त धेरै ठूलो कुरा हो नी । 

भनेपछि नेपाली क्रिकेटको क्षेत्रमा लगानी आउने शुभ संकेत हो यो ?

– मेरो अगाडि त क्रिकेटको सुनौलो भविष्य रहेको प्रष्ट चित्र छ । हामीले यो प्रतियोगिताबाट अन्य क्षेत्रमा पनि प्रभाव पर्नेछ भन्नेमा ढुक्क छौं । ६ वटा टिममा लगानी गर्ने सबै लगानीकर्ता धनाढ्य होइनन् । कतिपयले त जर्सी बेचेर पनि लगानी गरेका छन्, टोलटोलमा अभियान चलाएर पैसा जुटाउनुभएको छ । 

विस्तारै उहाँहरुलाई सजिलो हुँदै जान्छ । हामीले खेलाडी किन्न एउटा टिमलाई साढे ८ लाख रुपैयाँको सीमा दिएका थियौ, सीमा नदिएको भए त करोडौं लगानी पनि त गर्न सक्थे नि । एउटै त्रिकेट खेलाडीले १० लाख रुपैयाँ कमाउने दिन टाढा छैन । ठूला ठूला व्यापारी र उद्योगपतिलाई हाम्रो अवधारण बुझाउन सकियो भने त करोडौं रुपैयाँ खेलाडीमा लगानी गर्ने दिन मैले देखेको छु । 

तस्बिर : डिपिएलका आयोजक सुवास शाहीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बुफोनको १००० औं खेल, इटालीले जित्यो

    चैत १२ – विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा इटाली विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको इटालीले घरेलु मैदानमा भएको खेलमा अल्बानियालाई २–० ले हराएको हो । इटालीको जितमा डि रोस्सी र इम्मोबिलेले गोल गरे ।

  • स्पेनको शानदार जित, समूहको शीर्ष स्थानमा

    चैत १२ – विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा इजरायललाई ४–१ ले हराएको हो ।

  • मेस्सीमा निर्भर छैन अर्जेन्टिना–प्रशिक्षक

    चैत ११ – अर्जेन्टिना लियोनल मेस्सीमा निर्भर नरहेको प्रशिक्षक एडगार्डो बाउजाले बताएका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार बिहान चिलीसँग भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो ।

  • एसिया कप छनौट खेल्न जाने नेपाली टोलीको विदाई

    काठमाडौं, चैत ११ – एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न शनिबार फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ ।

  • आइसिसीका अध्यक्ष मनोहरद्वारा राजीनामाको निर्णय फिर्ता

    चैत ११ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका अध्यक्ष शशांक मनोहरले पदबाट राजीनामा दिने आफ्नो निर्णय तत्कालका लागि स्थगित गरेका छन् । मनोहरले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका थिए ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया