MENU

समाज

Ncell Axiata

४० किलो चरेससहित चार जना पक्राउ

धादिङ, पुस २७ – धादिङको भुमेस्थानस्थित सिम्लेबाट ४० किलो लागु औषध चरेससहित चार जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पृथ्वी राजमार्ग अन्तर्गत सिम्मलेमा गाडी कुरेर बसेका बेला प्रहरीलाई देखेपछि भागन लागेका उनीहरुलाई प्रहरीले पक्रेको हो । उनीहरुको साथबाट ४० किलो चरेससहित प्रहरीले चरेसको कारोबारबाट आएको एकलाख ६१ हजार २ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ भुमेस्थान– ७ का ३४ वर्षे सन्तोष रिजाल, भारत दरभंगाका–२० वर्षे अकलेखकुमार भगत, १८ वर्षे सन्तोष पासवान र भारत दरभंगा घर भई रुपन्देही बस्ने २८ वर्षे बिटु भन्ने मधु गिरी रहेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जीयर थारुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया