MENU

समाज

USAID

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सघाउने राजनीतिक दलको प्रतिबद्धता

रिना श्रेष्ठ/सिन्धुपाल्चोक । 

सिन्धुपाल्चोक, पुस २७ – सिन्धुपाल्चोकका स्थानीय राजनीतिक दलका प्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार भएको अन्तर्क्रियामा सहभागी दलका प्रतिनिधिले आफ्नो पार्टीले गर्ने काम बारे किटान गरेर नभने पनि सुरक्षित बनाउन सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय राजनीतिक दलको भूमिका अभिवृद्धिका लागि गरिएको छलफलमा स्थानीय राजनीतिक दल, गैरसरकारी संस्था, जिल्ला परियोजना समन्वय समितिका पदाधिकारी र सहकारी संस्थाका प्रतिनिधि सहभागी थिए । 

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा जिल्ला विकास समितिको भवनमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा माले, अखण्ड नेपाल, जनमोर्चाका पार्टी प्रमुख एवं प्रतिनिधि र जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि सहभागी थिए ।

जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत एवं सामी परियोजनाका फोकल पर्सन राजुभाई श्रेष्ठले स्वागत तथा कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा सामी/हेल्भेटासका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले सिन्धुपाल्चोकमा अहिलेसम्म गरिएका गतिविधिबारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला विकास समिति/सामी परियोजनाका संयोजक रिना श्रेष्ठले गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • भूमिसुधार कार्यालयबाट १५ हजार घुससहित पक्राउ परे नासु

    बारा, चैत १६ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाको टोलीले बुधबार दिउँसो भूमि सुधार कार्यालय बाराका नायब सुब्बा विश्वनाथ यादवलाई घुससहित पक्राउ गरेको छ ।

  • सवारी चालकको परीक्षामा चलखेल, यातायात प्रमुख निलम्बित

    बाँके, चैत्र १६ – सवारी चालक प्रमाणपत्रको परीक्षामा आर्थिक चलखेल गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदीलाई निलम्बन गरेको छ ।

  • जिब्रो छेड्न तयार भए बुद्धकृष्ण

    निरन्तर आठ वर्षसम्म वैशाख २ गते मध्यपुर थिमिको बोडेमा मनाउने जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाउँदै आएका जुजुभाइ बास श्रेष्ठले यसवर्ष जिब्रो नछेड्ने भएपछि मध्यपुरथिमिको बोडे-८ का ४५ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्न तयार भएका छन् ।

  • जिल्ला हुलाकले बसमार्फत डांक ढुवानी गर्दे

    पाल्पा, चैत १६ – जिल्ला हुलाक कार्यालय पाल्पाले बसमार्फत डांक ढुवानी सेवा प्रदान गर्ने भएको छ । कार्यालयले सदरमुकाम तानसेनदेखि पूर्व रामपुर र पश्चिम छहरा क्षेत्रमा पश्चिम नेपाल बस व्यवसायी संघको बसमार्फत डांक ढुवानी सेवा संचालन गर्ने तयारी गरेको जनाएको छ ।

  • मानव संसाधन नीति ल्याउन माग

    काठमाडाैं, चैत १६ – संस्थागत विकासमा मानव संसाधन महत्वपूर्ण भएकाले यस सम्बन्धी नीति ल्याउन सरोकारवालले सरकारसँग माग गरेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया